​टर्कीमा तीन दिने शोक घोषणा

a

टर्कीमा शनिबार भएको बम विष्फोटमा परी ९५ जनाको मृत्यु  भएपछि टर्कीले तीन दिने शोक घोषणा गरेको छ । टर्कीका प्रधानमन्त्री अहमत दावुतोग्लुले राजधानी अंकारमा आयोजित शान्तिपूर्ण ¥यालीमा भएको ठूलो मानवीय क्षति पश्चात तीन दिने शोकको घोषणा गरेका हुन् ।  सो घटनामा परी दुई सय भन्दा बढी घाइते भएका छन् । टर्कीमा आजसम्मकै सबैभन्दा ठूलो घटना हो । यो घटना यस्तो समयमा भयो, कि तीन सातापछि टर्कीमा आम निर्वाचन हुन गइरहेको छ । यसै वर्षको जुनमा पनि टर्कीका आम निर्वाचन भएको थियो । तर कुनै पनि दलले बहुमत नल्याएको र सरकार निर्माणका लागि जनमत अप्रयाप्त भएकाले पुन मध्यावधि निर्वाचन गर्न लागिएको हो । टर्कीका प्रधानमन्त्रीले भनेका छन् –यो विष्फोटमा दुई जना आत्मघाती हमलाकारी संलग्न थिए, यी को हुन् भन्ने वारे अनुसन्धान भइरहेको छ । ’टर्कीका राष्ट्रपतिले यो विष्फोट आतंकारी हमला भएको बताउँंदै आफ्नो तकिस्थानको भ्रमण पनि रद्द गरेका छन् । यो घटना त्यतिबेला भएको हो,जतिवेला प्रमुख शहरको रेल्वेस्टेशन नजिक बामपन्थी दलहरुले एक शान्ति ¥याली आह्वान गरेका थिए । 
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment