मधेशी मोर्चाका कार्यकर्ता द्वारा लुम्विनीमा जापनिज होटलमा तोडफोड

a

चन्दा नदिएपछि संयुक्त मधेशीमोर्चाका कार्यकर्ताले लुम्विनी विकास कोषको क्षेत्र भित्र जापानी लगानीमा स्थापना गरिएको होटल कासाईमा तोडफोड गरेका छन् ।  मोर्चाका कार्यकर्ताले साढे नौ बजे होटलका सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर होटलमा तोडफोड गरेको होटलका म्यानेजर विनेश मानन्धरले बताए । उनका अनुसार हातमा खुकुरी लिएका उनीहरुले गेटमा रहेका सुरक्षा गार्डको फोनहरु नियन्त्रणमा लिई हल्ला गरे मारिदिने धम्की दिएर होटल भित्र प्रवेश गरेका थिए ।  नौ–दश जनाको संख्यामा आएका उनीहरुका हातमा घरेलु हतियार थिए । सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चन्द्रप्रकास श्रेष्ठले मोर्चाका जिल्ला नेता एवम् ओमप्रकास यादव गुल्जारीले केही दिन अघि होटल संञ्चालकसंग चन्दा माग गरेको बताए । चन्दा नदिएपछि होटलमा आक्रमण गरेको उनको भनाई छ ।  श्रेष्ठका अनुसार बन्द हड्तालले थलिएका होटलहरुमा आन्दोलनकारीका नाममा चन्दा माग गर्ने र चन्दा नदिए आक्रमण गर्ने गरिएको  छ । आफूले कुनैपनि होटल सञ्चालकलाई चन्दा नदिने भनेको र चन्दा माग्नेहरु संस्थागत रुपमा एशोसियसनसंग आउनुपर्ने श्रेष्ठ बताउँछन् ।  ‘चन्दाको डिल एसोसियसनले गर्छ । कुनैपनि होटल सञ्चालकलाई चन्दा नदिन भनेको छु ’– श्रेष्ठले बताए । होटल तोडफोड गर्ने अपराधिक र आतङ्कारी काम भएको बताउँदै उनले दोषिलाई कडा कार्वाही गर्न माग गरे ।  लुम्विनी विकास कोषभीत्र सञ्चालन गरिएका होटलमा आक्रमण गर्नु गम्भीर भएको उनले बताए । केही समय अघि चन्दा नदिएपछि मोर्चाका कार्यकर्ताले लुम्विनी करिडोरमा रहेका होटलमा पनि तोडफोड गरेका थिए ।  
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment