अमेरिकाले नेपाललाई आफ्नै आँखाबाट हेर्छ: अमेरिकी राजदूत

a


आश्विन २०, २०७२- नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत अलाइना बी. तेप्लिजले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर संविधान जारी भएकोमा अमेरिका खुसी रहेको र विकास कार्यमा थप सहयोग गर्न तयार रहेको जानकारी दिएकी छन् ।

नेपालले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने काम मध्येको एक प्रमुख कार्यको रुपमा आफूहरुले संविधान जारीलाई लिएको भन्दै उनले नेपालको विकास प्रक्रिया र संविधान कार्यान्वयनमा आवश्यक सहयोग गर्न अमेरिका तयार रहेको उनले बताइन् ।

नवनियुक्त अमेरिकी राजदूत तेप्लिजले ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि प्रधानमन्त्री कोइरालासँग भेट गरेकी हुन् । उनले शीतल निवासमा आयोजित एक औपचारिक समारोहमा राष्ट्रपति यादवसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन् । अमेरिकाले नेपाललाई सँधै एक सच्चा मित्रको रुपमा हेरेको र कुनै मुलुकको दृष्टिबाट नभई अमेरिकी विदेश मन्त्रालयको नीतिमा नै नेपाल र अमेरिका सम्वन्ध कार्यान्वयनमा अघि बढेको बताइन् ।

अमेरिकाले नेपाल हेर्ने नीति भारतको आँखाबाट हेर्ने भनि विश्लेषणहरु आइरहेको अवस्थामा राजदूतले पहिलो दिनमा नै प्रधानमन्त्रीलाई त्यसबारे स्पष्ट पारेकी हुन् । उनले नेपालमा अमेरिकी सहयोग निरन्तर बढिरहने पनि बताइएकी प्रधानमन्त्री निकटस्थले बताए । भारतले नेपालको संविधान स्वागत नगरेपछि त्यही आधारमा अन्तर्राष्ट्रिय विज्ञप्तीहरु आइरहेको अवस्थामा उनले नेपाललाई अमेरिकाले कसैको आँखाबाट नभई द्विपक्षीय सम्वन्ध र अमेरिकी परराष्ट्र नीतिको आधारमा नै हेर्ने बताएकी हुन् ।

नवनियुक्त राजदूतले नेपालमा अहिले देखिएको अभाव र समस्याबारे आफूहरुले गर्न पर्ने सहयोगको बारेमा समेत जिज्ञासा राखेकी थिइन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि राष्ट्रपति ओबामाका प्रतिनिधिका रूपमा यहाँ उपस्थित हुन पाउँदा धेरै खुसी लागेको भन्दै अमेरिका नेपाल सम्वन्धको जगमा इट्टा थप्ने काम आफूले गर्ने जानकारी दिएकी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराईले कान्तिपुरलाई बताए ।

समृद्धिको विकास, लोकतन्त्रलाई प्रोत्साहन र स्थायित्वको सुनिश्चितताका निम्ति नेपालसँगको छ दशकभन्दा लामो साझेदारी र सहयोगको जगमा थप कार्य गर्न आफू उत्साहपूर्वक लागि पर्ने पनि उनले जानकारी दिएको भट्टराईले बताए । उनले भने, ‘प्रधानमन्त्रीले पनि अहिलेको अवस्था र जनताले भोग्नु परेको समस्या उनलाई स्पष्ट पारेका थिए । प्रजातान्त्रिक पद्धतिलाई केही मित्र मुलुक र समुदायले समेत स्विकार गर्न नसक्दा यस्तो समस्या उत्पन्न भएको हो । नेपालको कार्यमा सबेको साथ र समर्थन रहेको र रहनेमा आफू विश्वस्त छु ।’

नवनियुक्त राजदूतले भूकम्पपछिको अवस्थामा सहयोग गर्न अमेरिका तयार रहेको पनि बताइ । प्रधानमन्त्रीले भूकम्पको महाविपत्तिपछि अमेरिकाले गरेको सहयोगका लागि धन्यवाद समेत दिएको पनि भट्टराईले बताए ।
अफगानिस्तानको काबुलमा मिनिस्टर काउन्सिलको रुपमा काम गरिसकेकी अलाइनाले त्यहाँ अमेरिकी सेना कटौति गर्ने कार्यको टोलीमा रहेर काम गरेकी छन् । उनलाई राम्रो भविष्य भएकी कूटनीतिज्ञको रुपमा लिइन्छ । उनले दक्षिण एसिया हेर्ने ब्यूरोमा निर्देशक रहेर समेत काम गरेकी थिइन् भने बंगलादेशको ढाकामा म्यानेजमेन्ट काउन्सिलर र बेल्जियमको ब्रसेल्सस्थित अमेरिकी मिसनहरु नेटो, युरोपियन युनियन र बेल्जियम अधिराज्यका लागि अमेरिकी दूतावासका लागि समेत काम गरिसकेको अनुभव छ ।

जर्जटाउन विश्वविद्यालयमा विदेश मामिला अध्ययन गरेकी उनी २४ बर्षदेखि लगातार अमेरिकी विदेश सेवामा कार्यरत छिन् ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment