a
|
चीनको बादशाहसँग ठूलो घा राख्नू, (सन्धि गर्नु) दक्षिण समुद्रको बादशाह चतुर छ । सतर्क रहनू ।’ - पृथ्वीनारायण शाहको दिव्योपदेश
दक्षिणी छिमेकीको कुटिल कूटनीतिबारे साढे दुई सय वर्षअगाडि नेपाल राज्यका विस्तारकर्ता राजा पृथ्वीनारायण शाहको सन्देश अघोषित नाकाबन्दीले फेरि पनि सान्दर्भिक बनाइदिएको छ । भारतसँग जोडिएका पूर्व–पश्चिम १ हजार ७ सय ५१ किलोमिटर सीमाका मुख्य ६ नाका ५ असोजदेखि लगभग ठप्प छन् । नेपालको दैनिक जनजीवन अस्तव्यस्त र कठिन बनेको छ ।
दक्षिणी नाका बन्द हुँदा भारतीय सीमाभन्दा ६ सय ४० किलोमिटर मात्रै कम सीमा जोडिएको उत्तरी नाकामा मोटरबाटोको पहुँच सहज हुन्थ्यो भने अहिलेको अवस्था सम्भवत: आउने थिएन । संयोग कस्तो पर्यो भने भारतीय नाकाबन्दी सुरु हुँदा मोटरबाटोले चीनसँग जोडेको सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ दुवै नाका बन्द थिए । दक्षिणी झड्कापछि उत्तर आवतजावत हुने स्थलमार्गका वैकल्पिक नाकाबारे समेत बहस प्रारम्भ भएको छ ।
रणनीतिक, व्यापारिक, ऐतिहासिक र सामरिक महत्त्व बोक्ने उत्तर दक्षिण सडक सञ्जालबाट सरकारले चीनसँग जोड्ने योजना भने चालू छन् । योजना अनुरूप सम्पन्न भएमा प्रमुख आठवटा सडक सञ्जालले चीन र भारतलाई जोड्नेछन् । यसमध्ये तीनवटालाई सरकारले राष्ट्रिय गौरवका आयोजना मानेर दु्रततर निर्माण गरिरहेको छ । सबल पक्ष के भने उत्तर जोडिने सबै नाकामा चीनतर्फ विकासका अधिकांश संरचना तम्तयार छन् । बिजुली, मोटरबाटो, सञ्चार साधनले चीनको स्वशासित क्षेत्र तिब्बतलाई सुसज्जित बनाइसकेको छ । “नेपालतर्फको बाटो बनाएर कूटनीतिक पहल गरेमा धेरै सहज हुनेछ,” चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मी भन्छन् ।
राष्ट्रिय गौरवका तीन नाका
सरकारले उत्तर–दक्षिण जोड्ने तीनवटा सडकलाई राष्ट्रिय गौरवको आयोजनामा निर्माण गरिरहेको छ । पश्चिमदेखि पूर्वसम्मका कर्णाली, कालीगण्डकी र कोसी राजमार्ग ०६४ देखि निर्माण थालेको थियो । ०६६ देखि भने राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेर प्राथमिकतामा पारेको थियो, सरकारले । यी तीनवटै करिडोरले चीन र भारतीय सीमालाई जोड्छ । तीनवटै सडकखण्डमा अहिले चीन र नेपालतिरबाट ट्रयाक खोल्ने काम भइरहेको छ ।
सबैभन्दा चाँडो कालीगण्डकी सडक खण्डको ट्रयाक खुल्नेछ । सडक विभागका अनुसार रुपन्देहीको बेलहिया र मुस्ताङको कोरला नाका जोड्ने यो सडकमा अबको एक वर्षभित्र गाडी गुड्न थालिसक्नेछन् । यो सडकको मुस् ताङ खण्डमा दुई किलोमिटर मात्रै ट्रयाक खोल्न बाँकी छ ।
चिसो मौसम सुरु भएकाले आउँदो वर्षको वैशाखपछि मात्रै त्यहाँ काम गर्न थालिनेछ । ट्रयाक खुलिसकेको ठाउँमा विभागले स्तरोन्नतिका कामसमेत थाल्नेछ । “हामी अब आउँदो असोजसम्म गाडी गुड्ने खालको बाटो बनाउने लक्ष्यमा छौँ,” विभागमा उत्तर–दक्षिण राजमार्ग हेर्ने उपमहानिर्देशक गोपाल सिग्देल भन्छन् ।
a
|
0 comments:
Post a Comment