a
|
मृतकका बाबु डोलप्रसाद र शिवहारी घिमिरेबीच रहेको अंश विवादका कारण नै अभियुक्तले हत्या गरेको प्रारम्भिक बयान दिएको अपराध महाशाखाका प्रमुख एसएसपी सवेन्द्र खनालले बताए । उनको अनुसार शिवहरीले मृतक मन्दिपलाई ललाइफकाई एकान्तमा लगेर घाँटी थिची हत्या गरी मन्दिपले नै लगाइरहेको हरियो टि–सर्टलाई च्यातेर डोरी बनाइ हातखुट्टा बाँधी रामहरी गजुरेलको मकैवारीमा फालेका थिए ।
‘अभियुक्त शिवहरीले हत्या गरेपछि आफूमाथी कसैले शंका नगरोस् भनेर निकै नै प्रयास गरेका थिए,’ खनालले भने, ‘तर हामीले अनुसन्धान अगाडी बढाउँदै जाँदा उनको संलग्नता देखियो र त्यसको यथेष्ठ प्रमाण पनि जुट्यो । हामीले उनलाई हिरासतमा लिइ सकेका छौं ।’
प्रहरीका अनुसार मृतकका कान्छा काका र उनका बाबुबीच जग्गा भाग लगाउँदाको विवाद नै हत्याको मुल कारण हो ।
a
|
0 comments:
Post a Comment