राष्ट्रिय स्वाधिनताको रक्षाको लागि ओलीको समर्थनः अध्यक्ष थापा

a


आश्विन २४, २०७२- प्रधानमन्त्रीका उम्मेद्‌वार नेता केपी ओलीका समर्थक राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर राष्ट्रिय स्वाधिनताको रक्षाको लागि नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा समर्थन गरेको बताएका छन् ।

‘भारतसँगको सीमा क्षेत्रमा विद्यमान अवरोधका कारण जनताको जीवन प्रभावित भएको, बाह्य हस्तक्षेप बढेर गएको छ,’ आइतबार संसदमा उनले भने, 'मुलुकलाई परेको सङ्कटलाई हटाउनका लागि राष्ट्रिय शक्तिबीच मेलमिलापको आवश्यकता छ ।'

शान्ति प्रक्रियालाई अगाडि बढाउने र संविधान जारी गर्ने सवमालमा प्रमुख तीन दलको महत्वपूर्ण भूमिका रहेको भन्दै संविधान कार्यान्वयनका लागि एकताको विकल्प नभएको उनको भनाइ थियो ।

'हामी प्रतिपक्षमा बस्छौँ, तपाइँहरु मिलेर सरकार बनाउनुस्, भनेर हामीले भनेका थियौँ । राष्ट्रिय शक्ति विभाजित भएको अवस्थामा मुलुक अप्ठ्यारामा परेको छ । यतिबेला एकता र सहमतिको आधारमा बढ्नुपर्ने अवस्थामा प्रमुख दलका बीचमा जुन अवस्था देखिएको छ । त्यसले शुभ सङ्केत गरेको छैन,' अध्यक्ष थापाले भने ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment