यात्रुवाहक बस दुर्घटना: १० जना घाइते

a


आश्विन २५, २०७२- सेम्जोङ्गबाट सदरमुकाम आउदैं गरेका ४५ जना यात्रु वोकेको बस सडकबाट चिप्लेर खसे पनि १५ मिटर तलको ठुलो सालको रुखले ठूलो दुर्घटना हुनबाट जोगाएको छ । सडक वाट घिस्रदै झरेर सालको रुखको फेदीमा तेर्सिएर थप अपि्रय नोक्सानी हुनबाट जोगिएको उक्त दुर्घटनामा १० जना घाईते भएका छन् ।

गम्भिर अवस्थाका ३ जना घाईते लाई एम्वुलेन्स मार्फत थप उपचारार्थ राजधानी पठाएइकोछ । बा ३ ख ४८१ नम्बरको मिनीबस विहान ८ वजे सेम्जोङ्ग वाट छुटन् साथ दुर्घटना भएको थियो । घाईते भै उपचारका लागी जिल्ला अस्पताल आएका सहचालक सेम्जोङ्ग-४ निवासी २४ वर्षीय सोमवहादुर सुनारका अनुसार अगाडीको टायर फुत्के पछि दुर्घटना भएको बताए ।

थप उपचारका लागी कटुन्जे-४, निवासी ३९ वर्षीय काली परियार, सेम्जोङ्ग-६ निवासी रामचन्द्र तामाङ्ग र सेम्जोङ्ग-६, निवासी ३६ वर्षीय सुनीता तामाङ्ग लाई राजधानी पठाईएको । रहेको जिल्ला प्रहरीले जनाएकोछ । दुर्घटनामा अन्य घाईतेहरु सेम्जोङ्ग-५,निवासी ६३ वर्षीया प्रेमवहादुर तामाङ्ग, सेम्जोङ्ग-७ का २३ वर्षीया विमला तामाङ्ग, सेम्जोङ्ग-५ कै ५४ वर्षीय पन्चकुमार तामाङ्ग, सेम्जोङ्ग-४ की ५२ वर्षीय वाक्लावती तामाङ्ग, सेम्जोङ्ग-३ का २५ वर्षीय वुद्धीमान तामाङ्ग र बुढाथुमङ्ग-५ का भपनाथ रेग्मी रहेका छन् । घाइतेहरु लाई जिल्ला सदरमुकाम स्थित अस्पतालमा उपचार भैरहेकोछ ।

ईन्धन अभावका कारण कमै मात्र सार्वजनिक सवारी साधन संचालन भएपछि एउटै बसमा क्षमता भन्दाबढी यात्रुहरु यात्रा गर्नु पर्ने बाध्यता छ
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment