ओली भए ३८ औं प्रधानमन्त्री

a


आश्विन २४, २०७२- एमाले अध्यक्ष केपी शर्मा ओली ३८ औं प्रधानमन्त्री निर्वाचित भएका छन् ।

ओली नयाँ संविधान जारी भएपछिको पहिलो प्रधानमन्त्री हुने सौभाग्य पाएका छन् ।

संसदको तेस्रो ठूलो दल एमाओवादी, चौथो ठूलो दल राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसहितका साना दलको समर्थनमा ओली प्रधानमन्त्री निर्वाचित भएका हुन् ।

संसदमा आइतबार भएको मतदानमा ओलीको पक्षमा ३३८ सांसद् उभिए भने उनका प्रतिद्वन्द्वी कांग्रेस सभापतिसमेत रहेका कामचलाउ प्रधानमन्त्री सुशील कोइरालाले २४९ मत पाए । प्रधानमन्त्री निर्वाचन प्रक्रियामा ५८७ जना सहभागी थिए ।

सहमतिको सरकार बनाउन प्रमुख दल एक ठाउँमा नआएपछि अन्तत: बहुमतीय प्रक्रियाबाटै प्रधानमन्त्री चयन भएको हो ।

ओली २०७० सालमा भएको संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं. ७ बाट निर्वाचित भएका थिए ।









ओलीलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेका थिए भने राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका साना दलले समर्थन जनाएका थिए ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment