a
![]() |
कार्तिक २०, २०७२- मानवअधिकार सम्वन्धी सयुक्त राष्ट्रसंघको २३ औ युपीआर बैठक चलिरहेको कै अवस्थामा बिहीबार स्वीजरल्याण्डको जेनेभास्थित राष्ट्रसंघको कार्यलय भवन अगाडि भारतले लगाएको नाकावन्दीको विरुद्धमा स्वीजरल्याण्डवासी नेपालीले विरोध प्रदर्शन गरेका छन् ।
गैर आवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेसहितको उपस्थितिमा स्वीजरल्याण्ड, फ्रान्सका विभिन्न ठाउँबाट नेपालीसँगै नेपाल र नेपाली माया गर्ने भारतीय नाकाबन्दी र हस्तक्षेपकाविरुद्द लेखिएका प्लेकार्ड बोकेका लगभग ६० जनाको सहभागिता रहेको थियो ।
राष्ट्रसंघको युपीआर बैठक भाग लिन नेपालदेखि आउनुभएका मानव अधिकारकर्मी, दलित अधिकारकर्मी, महिला अधिकारकर्मी र पत्रकारहरुले पनि एक्यबद्धता जनाउँदै प्रर्दशनमा साथ दिएका थिए । कार्यक्रमको बारेमा गैर आवासीय नेपाली संघ स्वीजरल्याण्डका निवर्तमान महासचिव सुवास पोखरेलले प्रकाश पारेका थिए ।
कार्यक्रम संयोजन नेपाल पत्रकार महासंघ युरोप शाखाका संस्थापक संयोजक ददि सापकोटाले गरेका थिए ।
a
![]() |


0 comments:
Post a Comment