जे गरेपनि हामी यसपटक झुक्नेवाला छैनौ :महन्थ ठाकुर

a

मधेशी नेताभन्दा पहाडी नेताको घनिष्ठ सम्बन्ध भारतसँग रहेको छ


अध्यक्ष, तराई मधेश लोकतान्त्रिक पार्टी
तपाई त सरकार पक्षसँग औपचारिक, अनौपचारिक वार्ता गर्दै आई रहनु भएको थियो तर अचानक वार्ता भंग भयो किन ?
मुख्य समस्या सिमांकनमा रहेको छ । सरकारी वार्ता टोलीले पनि भनि रहेका छन् कि समस्या समाधान गर्न हामी तयार छौ, हामी पनि सविधान संशोधन गर्न तयार छौ । यहाँ संशोधन पनि दुई किसिमको छ । काँग्रेसले पनि आफ्ना कार्यकालमा दुईटा विषयमा संशोधन प्रस्ताव ल्याएको छ । तर, यो प्रस्ताव मोर्चाको सहमतिमा नआएको कारणले विवादमा पर्यो । अर्कोतिर अहिलेका सरकारले पनि यो प्रस्ताव हाम्रो सहमतिमा आएको छैन भनेका छन् । अरु कुरा सिमांकनको विषयमा छलफल भइरहेको छ । रह्यो वार्ताको कुरा– वार्ता भंग भएको छैन । वार्ता अहिले पनि जारी छ । पहिला त्यतिकै वार्ता हुन्थ्यो । उताबाट काँग्रेसको मान्छे र यताबाट म आफै रहेर वार्ता छलफल गर्थे । पछि दुवैतर्फबाट वार्ता समिति गठन भयो । र, केही चरणमा वार्ता पनि भयो । तर यस पटक हामी उधारोमा वार्ता गर्न चाहदैनौ । हामीले नगदमा गर्न चाहन्छौ । सहमति गरेर सहमतिपत्रमा हस्ताक्षर मात्र गर्ने होइन । सहमति भएका विषयलाई एकमुष्ट कार्यान्वयनमै ल्याउन चाहन्छौ ।



तपाई वार्ता भंग नभएको भन्नुहुन्छ तर सरकारले २२ गते बोलाएको वार्तामा तपाईहरुको पक्षबाट वार्ता भंग भयो भन्दै कोही पनि गएनन त ?



वार्ता भंग भएको होइन । कुरा के भएको छ भने सरकारी पक्षले वार्तामा पटक पटक गरेका प्रतिवद्धताहरु पुरा गरेका छैन । कात्तिक १५ गते बसेको वार्तामा सरकारी पक्षबाट सकारात्मक कुराहरु भयो र त्यसमा यो पनि भनियो कि अबको वार्ता परिणामुखी हुनेछ र त्यसमा दलका शीर्षस्थ नेताहरुको उपस्थिति पूरै तयारीका साथ हुनेछ । राजनीतिक रुपमा नेतृत्व तहमा अनौपचारिक कुराकानी हुने र त्यसमा भएका सहमतिलाई फेरि वार्ता सहमतिमा ल्याएर औपचारिकता दिने कुरा भएको थियो तर यो बीचमा त्यस्तो कुनै छलफल र वार्ताहरु भएन । त्यही भएर मोर्चाका साथीहरु रिसाएका थिए र वार्ता जानु भएन ।

अब तपाईहरु कुन स्तरमा वार्ता गर्न चाहनु हुन्छ ?
हामी हरेकस्तरमा वार्ता गर्न तयार भएका छौ र गरिरहेका छौ पनि । पहिला जुन नेता भेट्न आउँथे ती सबैसँग हामीले छलफल र वार्ता गरकाछौे । पछि काँग्रेसले महेश आचार्यको नेतृत्वमा वार्ता समिति बनाए उहाँसँग पनि हामीले वार्ता गर्यौ । पछि, कमल थापाको नेतृत्वमा वार्ता समिति गठन भयो उहाँहरुसँग पनि वार्ता गरकाछौे । अर्थात हामी जोसँग जुन स्तरमा पनि वार्ता गर्न तयार छौ । व्यापक सहमितिमा सविधान बनाउने कुरा थियो, त्यो भएन । त्यहाँ सहमतिलाई उल्लघंन गर्ने काम भएको छ । विगतमा भएका सहमतिहरुलाई पनि सविधानमा समावेश गराएनन् । अहिले पनि केही विग्रेका छैन । दलहरुको बीचमा सहमति होस् । सहमतिकै आधारमा हामीहरुसँग वार्ता होस्,र, मागलाई त्यसमा एड्रेस गरिायोस् । अहिले पनि हामीहरुसँग जुन सहमति हुन्छ ती सबै तीन दलकै सहमतिकै आधारमा हुन्छ । एमालेले मात्र गरेर हुँदैन अथवा वार्ता समितिका सदस्य कमल थापाले मात्र गरेर हुँदैन त्यसमा अरु दलहरुको पनि सहमति चाहिन्छ । प्रतिपक्षमा रहेका काँग्रेसको सहमति चाहिन्छ नै ।



यी तीन दलको कुराकानी सुन्दा र काँग्रेसको कुरा सुन्दा त सहमति होला जस्तो लाग्दैन त ?
हामीलाई पनि त्यस्तै लागि रहेको छ । तर, मधेशको समस्या समाधान त गर्नैपर्छ । समस्याबाट भागेर हुँदैन । मधेशको समस्या समाधान त आखिर गर्नैपर्छ, मधेशलाई त्यतिकै नै छाड्न मिल्दैन । संवैधानिक रुपमा सहमतिका लागि मुख्य दलहरुको बीचमा सहमति हुनैपर्छ ।



तपाई त यी तीन दलका नेताहरुसँग पटक पटक छलफल गर्नुभएको छ, तपाईले सबै कुरा बुझ्नु भएको छ, सबैको मनोविज्ञान पनि थाह पाउनु भएको छ के लाग्छ यी तीन दलका बीचमा सहमति हुन्छ ?
हेर्नुस् सहमतिको विकल्प छैन । आज नभोली यी तीन दलको बीचमा सहमति हुनैपर्छ । यसअघि पनि उहाँहरुले आपसमा सहमति गरेर काम चलाउनु नै भएको छ । यत्रो माओवादी जनयुद्ध हुँदा पनि शान्ति सम्झौता भएकै हो । त्यसबेला पनि कठिनाई भएको थियो तर अन्ततः वार्ता भयो र सहमति पनि भयो । त्यसको तुलनामा अहिलेको समस्या केही पनि होइन । परस्थिति बदलिएको छ तर पात्रहरु तिनै हुन् ।



वार्ता सफल पार्नका लागि कम्पर्माइजको कुरा पनि हुन्छ तपाईहरु कहाँसम्म कम्प्रोमाइज गर्न सक्नु हुन्छ ?
हाम्रो मुख्य कुरा के हो भने मधेशका कुनै पनि भाग पहाडको राज्यमा नमिलाइयोस् । उत्तर दक्षिण राज्य बनाएमा, एउटै राज्यमा हामी सबै रहन्छौ, मधेशी पनि हुन्छ, पहाडी पनि हुन्छ र हिमाली पनि हुन्छ भनि जुन राष्ट्रियताको कुरा उहाँहरुले गरिरहनु भएको छ ती सबै तत्व मधेशमा छन् । मधेशमा हिमाली र पहाडी समुदायका मान्छेहरु छन्, आदिवासी, जनजाति, खस आर्यहरु पनि छन् । उनीहरुले आआफ्ना सँस्कृति अनुसार चाँडपर्व मनाई रहेका छन् । अर्थात मधेशको जस्तो विविधता हिमाल र पहाडमा छैन । उनीहरुको आफ्नो बोली, भाषा, व्यवहार र रहनसहन रहेको छ । तर पहाड अथवा हिमालको राज्यमा गएर खोज्नुस् त्यहाँ थारु पाउनु हुन्न । मधेशी पाउनु हुन्न । कोही कुनै जागिरका लागि गएर उतातिर बसेका होला त्यो छुट्टै कुरा हो तर मधेशमा जसरी मिलेर बसेका छन्, त्यस्तो हिमाल र पहाडमा छैन । मधेशी जनता पहाडमा मिल्न चाहँदैनन् भने किन उनीहरुलाई जवर्जस्ती मिलाउन चाहेका छन् । मधेशीहरु त अलग देश मागि रहेका छैनन् । अलग भएर बस्न चाहेका छैनन् । यही देशमा आफ्नो अधिकार लिएर बस्न चाहन्छन् भने त्यसमा अरुलाई के को आपत्ति ?





शेरबहादुर देउवाले पनि एक पटक भन्नु भएको थियो कि राजमार्गको दक्षिण भाग मधेशमा राख्नुस् उत्तरको भाग पहाडमा दिनुस् हामीले मानेका थियौ । यदि राजमार्गका दक्षिणबेल्टका मान्छे मधेशमा रहन चाहँदैनन् भने हामी जवर्जस्ती मिलाउन चाहदैनौ । त्यस्तै चाँदनी दोधाराका जनता मधेशमा बस्न चाहँदैन भने हामी जवर्जस्ती मिलाउन चाहँदैनौ ।



तीन महिना भन्दा बढी भइसक्यो आन्दोलन भएको, अब यो कति लामो जान्छ ?



यो कुरा सरकारमा निर्भर हुन्छ । सरकारले के चाहन्छन् कस्तो चाहन्छन् त्यसमा निर्भर हुन्छ । हाम्रो मागको सम्बोधन जति छिट्टो हुन्छ त्यति छिट्टो हामी आन्दोलन स्थगित गर्छौ । यदि सरकारले बल प्रयोग गरेर वा दुई चार जनालाई मारेर आन्दोलनलाई दवाई दिन्छु भनि सोचेका छन् भने त्यो समय गइसकेको छ । त्यो अवस्था अब छैन । आन्दोलन चलिरहन्छ, चाहे राज्यले गोली चलाईयोस् वा नाकाबाट हामीलाई लखेटेर पठाइयोस् । जबर्जस्ती घरबाट निकालियोस् वा मधेशको आन्दोलन भारतले लगाएको हो भनि आरोप लगाइयोस् जे गरेपनि हामी यसपटक झुक्नेबाला छैनौ । रुक्ने बाला छैनौ ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment