a
 |

सिन्धुली–सिन्धुलीमा प्रहरी प्रशासनकै मिलेमतोमा पेट्रोलियम पदार्थको कालोबजारी भईरहेको पाइएको छ । भारतले अघोषित नाकाबन्दी गरेपछि सिन्धुलीमा विभिन्न समयमा पेट्रोलियम पदार्थ भित्रिए पनि सर्वसाधारणले सहज तेल पाउन सकेका छैनन् । विभिन्न समयमा गरेर सिन्धुलीमा ६ महिनालाई पुग्ने तेल आए पनि सर्वसाधारणले सहज रुपमा पेट्रोल पम्पबाट पाउदैनन् तर विभिन्न साना खुदुरे पसलबाट महगोमा विक्रि भईरहेको छ । यो एक महिनाको अवधिमा सिन्धुलीमा करिब २० हजार लिटर पेट्रोल, ५० हजार लिटर डिजेल आएको भए पनि पेट्रोल व्यावसायि र प्रशासनले कति तेल आएको हो भन्नेबारे सर्वजानिक गर्न आनकानी गरिरहेका छन् । उनीहरु एक अर्कालाई देखाउदै टारिरहेका छन् । पेट्रोल व्यावसायीका अनुसार सुरक्षा निकायले एक वर्षमा ४ हजार लिटर पेट्रोल खपत गर्नेगरेकोमा बजारमा अभाव हुन थालेपछि एक मिहिनमा नै ८ हजार लिटर भन्दा माथि पेट्रोलको सुरक्षा निकायको कुपनबाट पेट्रोल वितरण भई सकेको छ । नाम नखोल्ने सर्तमा एक पेट्रोल पम्पका कामदारले केहि प्रहरीको काम नै दैनिक पम्पबाट पेट्रोल फरक फरक मोटरसाईकलमा लिने मात्र भईरहेको छ । दैनिक २० लिटर सम्म पेट्रोल लिन आईरहेका छन् । यस विषयमा प्रहरी निरिक्षक तथा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र थापाले आफूलाई कुनै जानकारी नभएको बताउँदै आपत कालिन अवस्थामा प्रहरीले सर्वसाधारणलाई पनि कुपन दिने गरेको तर प्रहरीलाई आवश्यकता अनुसार मात्र कुपन दिने गरेको जिकिर गरे ।
a
 |
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment