सनैया रातभर जाग्नेछ

a

कार्तिक २६, २०७२- सनैयाको अर्को परिचय हो, लेबरबस्ती । जब साँझ पर्छ, यसको चहलपहल पनि बढ्छ । बिहान सूर्य नउदाउँदै निस्किएका कामदारहरु बास बस्न फर्किन्छन् । दिनभरको आलतुल (निरन्तर) काम गरेर लत्रक्क परेको शरीर बोकेर आइपुगेका उनीहरु जतिसक्दो छिटो ओछ्यान पुग्न हतारिन्छन् किनकि भोलि बिहान ४ बजे उठेर तयार हुनुछ । यही क्षेत्रमा लाखौ आप्रबासी बस्छन् । कतारमा जति नेपाली छन्, आधाको बसार्इं त सनैयामै छ । यी कामदारको फिर्ने समय एकै पटक पर्ने हुँदा साँझको समयको ट्राफिक जामले बनाउने सकस त छदैछ । अरुदिनभन्दा बुधबार साँझ सनैयाको लागि फरक माहोल बन्यो । लक्ष्मी पूजाको रौनकले सनैयालाई घरगाँउको रुप दिइरहेका थिए । बाटाबाट देखिने अधिकांश क्याम्पहरु झिलिमिली बन्दै थियो । कोठा कोठामा मैनबत्तीहरुले उज्यालो दिइरहेको थियो । सनैयाको ३८ र ३९ नम्बरमा बलेदिया (नगरपालिका) मा काम गर्ने सफाई मजदुरहरु बस्छन् । जहाँ चार सयभन्दा बढी कामदार छन् । क्याम्पको माथिल्लो तलमा पुग्दा गैडाकोट, नवलपरासीका प्रेमप्रसाद शर्मा आफ्नो कोठाको ढोकामा बत्तीहरु सजाउँदै थिए । काशिनाथ सापकोटा भर्‍याङतिर मैनबत्ती सल्काइरहेका थिए । अर्को कोठामा बिच्छु भण्डारी बेडमा बसेर लक्ष्मी पूजा गर्दै थिए । खुमबहादुर वली साथीभाईलाई टिका लगाइदिदै थिए । बिश्वेश्वर यादब, राजाराम शाह, काबेश्वर यादब प्रसाद बाँड्न व्यस्त थिए । आआफ्ना कोठामा देउसी भैलीका संगीत गुन्जिरहेको थियो । त्यही क्याम्पको एउटा कुनोमा लक्ष्मीको भव्य मन्दिर बनाइएको थियो । जहाँ विधीपूर्वक पुजारीले आराधाना गर्दै थिए । त्यही मन्दिरको अघिल्लोतिर भर्जनकीर्तन गर्ने टोलीले गीत गइरहेका थिए । लाग्थ्यो कि नेपालकै एउटा गाँउमा भव्य दिपावली भइरहेको छ । यो क्याम्पमा नेपाली मात्रै थिएनन् । बंगाली, पाकिस्तानी, भारतीय र फिलिपिनी पनि थिए । हिन्दु धर्मावालम्बी मात्रै थिएनन् । मुस्लिम र क्रिश्चियन धर्मावालम्बी पनि थिए । तैपनि उनीहरु सबै यो माहोलमा भिडिरहेका थिए । अझ हिन्दू साथीभाईलाई खानपिन गराउन मुस्लिम धर्मावालम्बी बढी खटिएका थिए । ‘मेरो धर्म मुस्लिम हो । तर साथीभाईलाई खुसी बनाउन, रमझम बनाउन आफै खटिरहेको छु’, खाना खुवाउन तल्लिन भएका मोहम्मद फिरोज भन्दै थिए,‘हामीबीच भेदभाब छैन । हाम्रो इद हिन्दुहरुले पनि त्यत्तिकै रमाएर मनाउँछन् । हामी पनि दीपावलीमा रमाउन पाउँदा एकदमै रमाइलो लाग्दो रहेछ ।’ दुई घण्टाको बीचमा २५ सयजनालाई प्रसाद बाँडिसकिएको थियो जुन काममा एउटा ठूलो समूह सक्रिय थियो । लक्ष्मी पूजा सकिसकेपछि उनीहरुलाई लाइन लगाएर पुरी, जेरी, बुनिया, लड्डु, तरकारी बितरण भइरहेको थियो । ‘हामीले विधीअनुसार लक्ष्मीको पूजा गर्‍यौंं’, गोल बजार सिराहाका प्रभु शाहले भने,‘यस्तो रमाइलो गर्न पाउँदा बहुत मज्जा आइरहेछ ।’ यी सबै खर्च नेपालीहरुले उठाएका थिए । ‘पैसा नेपाली साथीभाईबीच मात्रै उठायो’, शाहले भने,‘पाकिस्तानी, फिलिपिनो, भारतीय मित्रहरुलाई निम्तो दिएर बोलायौं । उनीहरु पनि खुसी पनि भए ।’ उनीहरु यस्ता पर्व विदेशमा मनाउन पाउँदा नेपाली संस्कृति प्रवद्र्धन मात्रै नभई क्याम्पमा बस्दै आएका साथीहरुबीच एकता पनि बनाउन मद्दत गर्ने बताउँछन् । यसपाली टिका शुक्रबार परेकाले कतारमा उपलब्ध हुनेले टिका लगाउने कार्यक्रम पनि छ । बिदेशमा बस्ने सधै दुख गरेर बसेर पनि हुदैन’, तनहुँका सुरेश श्रेष्ठ र प्रवीण क्षेत्री भन्दै थिए, ‘आज झन् झुमा (बिदाको रात) को दिन । भोलि काममा जानु पदैन । त्यसमाथि देउसी खेल्ने दिन । आज रातभर सनैया जाग्नेछ ।’
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment