छिमेकीलाई एउटै प्रश्न

a


छिमेकिलाई एउटै प्रश्न
हामी छिमेकी हो कि होइन
यस्तरी किन अभावै अभाव
तेल र ग्याँस कतै छैन

संस्कृति रहनसहन खानपान
सबै एउटै हुँदा नि
किन भइरह्यो नाकाबन्दी
दुईदेशले एकअर्कालाई छुँदा नि

ढुवानी रोकि चुल्हो नबल्ने गरि
ज्ञानि आत्माले थुन्छ र
छिमेकीको छटपटीमा नदुख्ने
कसको पो मन हुन्छ र

जुगौँ जुगदेखिको दोहोरो
दुई छिमेकीको सम्बन्ध
सधैँभरि फलोस फुलोस
छरिइरहोस चारैतिर सुगन्ध


a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment