a
 |

गुल्मी –विदेश पठाउने दलालले पैसा ठगी गरे पछि गुल्मी सिमिचौरका एक युवाले पासपोर्ट च्यातेर गाउँमा तरकारी खेतीवाट विदेशमा भन्दा बढि कमाई गर्दै आएका छन् । रेसुङ्गा नगरपालिका–११, सिमिचौर महराईका २८ वर्षीय युवा विनोद कुँवरले विदेश जाने पासपोर्ट च्यातेर तरकारी खेतीबाट विदेशमा भन्दा बढि आम्दानी लिदै आएका हुन् । कुँवर भन्छन्–‘दश एघार वर्ष भारतमा मजदुरी गरें । त्यस पछि विदेश जाने चक्करमा लागे । दलाललाई ५० हजार दिई सकेको थिएँ । दुई महिना सम्म पठाउछु भनेर काठमाण्डौंमा राख्यो । तर पठाउछु पठाउछु भन्दा भन्दै दलाल उक्त रकम लिएर भाग्यो । म वेखर्ची भएर घर फर्किने अवस्था आयो । मेरो पालो विदेशको सपना सधैका लागि त्यागेर पासपोर्ट च्यातेर घर फर्किएँ ।’ उनले थपे–‘ घर फर्किए लगत्तै सानो क्षेत्रफलमा व्यवसायीक तरकारी खेती सुरु गरे । त्यसबाट हौसिएँ । परम्परागत कोदो, मकै र खेतीको आठौं गुना आम्दानी तरकारी खेतीबाट हुने रहेछ । क्रमशः बढाउदै गएँ र अहिले १८ रोपनी क्षेत्रफलमा तरकारी खेती गर्छु । त्यसबाट खर्च कटाएर पनि वार्षिक ६ लाख भन्दा बढि आम्दानी लिने गरेको छु । ’ उनले २ रोपनीमा गरेको अकवरी खुर्सानीबाट मात्र वार्षिक २ लाख आम्दानी लिने गरेका छन् । डेढ रोपनीमा लगाएको कांक्राबाट वार्षिक २ लाख, चार मौसमे जातको सिमिबाट वार्षिक ५० हजार, ६ हजार विरुवा फुल गोपीबाट वर्षिक डेढ लाख आम्दानी लिने गरेका छन् । त्यस्तै वन्द गोपीबाट वार्षिक ५० हजार, लौकाबाट वार्षिक २२ हजार, करेलाबाट वार्षिक ४० हजार, घिउ सिमीबाट वार्षिक ३२ हजार, भाण्टाबाट १५ हजार, ब्रो काउलीबाट ६० हजार, विभिन्न जातको सागबाट ६० हजार र केराउबाट वार्षिक १० हजार सहित वार्षिक झण्डै १० लाखको कारोवार गर्दछन् । दैनिक ३ जना स्थानीयलाई रोजगार दिएका उनि आफु विहान देखि साँझ सम्म सदरमुकाम तम्घासमा तरकारी वेच विखन गर्न खटेका हुन्छन् । दुध समेत दैनिक तम्घासमा वेच्दै आई रहेका उनले विदेशमा जानेहरुले भन्दा बढि कमाउने गरेको बताउँ छन् । जिल्ला कारागार, अन्य सरकारी कार्यालयमा समेत तरकारी पुराउने गरेका कुँवरले रिडर्श पव्लिक हाई स्कुल तम्घासको होस्टेलमा दैनिक तरकारी पुराएर त्यसैबाट तिन जना छोरा छोरीहरुलाई वोर्डिङ्ग पढाएका छन् । हालै ललितपुरमा रहेको दायित्व नयाँ घर नामक संस्थाको सहयोगमा एकीकृत ग्रामिण विकास समाज गुल्मीले आयोजना गरेको नविनताको खोजी नामक प्रतियोगितामा जिल्लाका २ सय ३१ जना उद्यमीहरु मध्ये उत्कृष्ट ४०, उत्कृष्ट २० हुँदै उत्कृष्ट १० मा परेका कुँवर विभिन्न संघ संस्था र दोश्रो गुल्मी महोत्सवबाट समेत उत्कृष्ट कृषकका रुपमा पुरस्कृत भएका छन् । उनले अव तरकारी खेती वा व्यवसायीक पशु पालन गरे कुनै पनि युवाहरु पैसा कमाउनका लागि विदेश जान नपर्ने अनुभव सुनाउ छन्
a
 |
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment