a
![]() |
भैरहवा – अघोषित नाकाबन्दीको मारमा परेका नेपालीलाई अहिले सीमा क्षेत्रका भारतीय नागरिकले सक्दो सहयोग गरिरहेका छन् ।
चाडबाडको अवसरमा पनि भारतीय नागरिकले नेपालीलाई सकेको सहयोग गरेको देखिन्छ । सीमा क्षेत्रमा जनस्तरमा आत्मीयता र भाइचारा देखिएको छ ।
मुख्य नाकामा भारतीय सुरक्षाकर्मीले विभिन्न बहाना बनाएर मालवाहक सवारी साधन नेपाल प्रवेशमा रोक लगाउँदा सीमापारिका स्थानीय जनताले भने नेपालीलाई चाहिने इन्धनलगायतका अत्यावश्यक सामान खेतको बाटो हुँदै नेपालीलाई पु¥याइदिने गरेको दृश्य सीमाक्षेत्र बेलहिया आसपास प्रशस्तै देख्न सकिन्छ ।
लुम्बिनी अञ्चलका सबै जिल्लामा अहिले नाकाबन्दी हुँदा पनि इन्धन सङ्कट खासै देखिँदैन । भारतमा रहेका आफन्त, इष्टमित्र र साथीभाइको सहयोगले गर्दा यहाँ प्रभाव कम परेको जानकारहरु बताउँछन् ।
सीमाक्षेत्रमा रहेर डेढ दशकदेखि पत्रकारिता गर्दै आएका पत्रकार मनोरञ्जन शर्माले नेपाल–भारतबीच सरकारी स्तरमा जे–जस्तो समस्या आएपनि जनस्तरमा यसको प्रभाव नहुने भन्दै अहिले भारत सरकारले नेपालमा कम मात्रै इन्धन आपूर्ति गरेपनि भारतीय जनताले दैनिक हजाराँै लिटर पेट्रोल, डिजेल र अन्य सामान खेतको बाटो बोकेरै नेपालीसमक्ष पु¥याउँदै आएको बताए।
बेलहिया गाउँ समाजका निवर्तमान अध्यक्ष तथा स्थानीय समाजसेवी सुरेन्द्र क्षेत्रीले पनि भारत सरकारले नेपालमा पार्न खोजेको इन्धन सङ्कट भारतीय जनताबाट तोडिएको बताए । भन्सार आसपासका दशगजा क्षेत्रमा भारतका पेट्रोल पम्पबाट ग्यालेनमा इन्धन भरी भारतीय जनताले नै नेपालसम्म पु¥याइदिने गरेको उनी बताउँछन्।
भारतको नौतनवाका स्थानीय व्यापारी अहमद खानले सीमाक्षेत्रमा रहेका नेपाली साथीभाइका लागि दैनिक एक हजार २०० देखि एक हजार ५०० लि सम्म पेट्रोल र डिजल खेतको मेडी हुँदै कहिले बोकेर र कहिले मोटरसाइकल राखेर पु¥याइदिने गरेको बताए
उनी भन्छन्, “मेरा भारतमा जति साथीभाइ, आफन्त छन् नेपालमा पनि उत्तिनै छन् । उनीहरुको समस्यामा सहयोग गर्नु मेरो कर्तव्य हो । मैले मात्र नभएर भारतको सीमाक्षेत्रमा रहेका अधिकांशले नेपालमा रहेका इष्टमित्रका लागि चाहिने इन्धनदेखि खाद्यान्न र औषधिसमेत पु¥याइदिने गरेका छन् ।
इन्धन अभावका कारण नेपालमा सञ्चालन रहेका ठूला उद्योग र बहुप्रतिष्ठित परियोजना सहजरुपमा सञ्चालन गर्न समस्या छ ।
a
![]() |


0 comments:
Post a Comment