a
|
मिस हेरिटेज इन्टरनेसनलको दोस्रो संस्करणको तयारी अगाडि बढेको छ । यसपटकको आयोजना भारतको नया दिल्लीमा आगामी डिसेम्बर ६ देखि १३ तारिखसम्म संचालन हुने भएको छ । ई प्लानेटको आयोजना भारतस्थित सामाजिक संस्था बी फोर बी स्थानीय पार्टनरका रूपमा रहने यो प्रतियोगितामा नेपाललगायत विश्वका २९ मुलुकका सुन्दरीहरूले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालको प्रतिनिधित्व भने निशा पाठकले गर्दैछिन् ।
५ फिट ५ इन्च अग्ली १९ वर्षीया निशा मिस ग्लोबल इन्टरनेसनल नेपाल २०१४ की विजेता पनि हुन् । मालीगाउा निवासी निशा हाल पद्मकन्या क्याम्पसमा बीबीए अध्ययनरत छिन् । उनी दु:खी, असहाय र अनाथ बालबालिकाहरूको सहयोगी हुने लक्ष्य राख्छिन् । मोडलिङमा पनि उत्तिकै रुचि राख्ने निशा स्टेज कार्यक्रम संचालनमा पनि सक्रिय छिन् ।
सौन्दर्य प्रतियोगितामार्फत युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचीमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि ‘मिस हेरिटेज इन्टरनेसनल’ प्रतियोगिता प्रारम्भ भएका हो । यो प्रतियोगिताका सहभागी र विजेताको दायित्व सम्बन्धित मुलकका साथै विश्वका कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु रहेको छ ।
यसपटकको मिस हेरिटेज इन्टरनेसनल २०१५ प्रतियोगितामा नेपालबाट रोजिन शाक्य कोरियोग्राफर रहनेछन् भने बलिउड कोरियोग्राफर सिम्रन डिन्ज अहुजाले पनि प्रतियोगिताको कोरियोग्राफीमा सहकार्य गर्नेछिन् ।
a
|
0 comments:
Post a Comment