a
![]() |
कार्तिक २७, २०७२- महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यमा पुर्याएको योगदानको चर्चा गर्दै बेल्जियमका नेपालीहरुले १०७ औ लक्ष्मी जयन्ती मनाएका छन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको आयोजनामा बुधवार बेल्जियमको लुभेनमा सम्पन्न कार्यक्रममा कविहरुले आफ्ना रचना सुनाएका थिए । राष्ट्रिय गानसँगै सुरु गरिएको कार्यक्रममा दीपेन्द्र केसी, बिष्णु सापकोटा, दीपक पौडेल, राजकुमार पुडासैनी, परमानन्द सापकोटा र मोहन खत्रीले कविता वाचन गरेका थिए।
त्यसैगरी विमल गिरी, र सौरभ कारन्जितले मुक्तक सुनाएका थिए । कविहरुले महकविमा समर्पित कविताका साथै भूकम्पले प्रभावित नेपालीको दुखलाई कविता मार्फत उजागर गरे । त्यसैगरी वर्तमान नेपालको अवस्थालाई चित्रण गर्दै नाकाबन्दीमा सघाउ पुर्याउने भारतीय नेता माथि आक्रामक शैलीमा तिखो प्रहार गरेका थिए ।
कार्यक्रम अनेसास दीपेन्द्र केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
पोर्चुगलमा पनि मनाइयो
पोर्चुगलका नेपालीहरुले पनि लिस्वोनमा एक साहित्यिक कार्यक्रमको आयोजना गरी देवकोटा जयन्ती मनाएका छन् । कार्यक्रममा श्याम सुबेदी, मोहन आचार्य, अर्जुन भण्डारी, बाबुराम भुसाल, भीम केसी र सुनिल संगमले आफ्ना रचना सुनाएका थिए ।
एनआरएनए पोर्चुगलका अध्यक्ष भीम केसीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
a
![]() |


0 comments:
Post a Comment