a
![]() |
कार्तिक २६, २०७२- मनाङमा बिरामी भई अलपत्र परेर बसेका २ पर्यटकको हेलिकप्टरमार्फत उद्दार गरिएको छ । केही दिनदेखि दुई पर्यटक मनाङको विकट फू गाउँमा बिरामी परेका थिए ।
सदरमुकाम चामेबाट २ दिनमा फू गाउँ पुगिन्छ । उद्दार गरिएकाहरु वेलायती नागरिक हुन् । सराह डेनियल र मार्क डेनियललाई एयर डाइनस्टिकको हेलिकप्टरमार्फत उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए । ती दुई पर्यटक लेक लागेर बिरामी परेका थिए ।
उनका अनुसार सोमबारदेखि बिरामी परेका अर्का पर्यटक भने फू गाउँबाट चामेतर्फ झरेका छन् । इन्धन अभावका कारण हेलिकप्टर जान नसकेपछि बेलायती नागरिक पाउल क्यार्रोल फू गाउँमा अलपत्र परेका थिए । ‘उनलाई आज अलि सन्चो भएछ । हेलिकप्टर ल्याउन पर्दैन भने’ प्रजिअ शर्माले भने, ‘हाई अल्टिच्युट नभएका कारण अन्य समस्या समाधान भएपछि उनी हिँडेका रहेछन् ।’ उनको साथमा पति र एक नेपाली पथ प्रदर्शक पनि छन् ।
a
![]() |


0 comments:
Post a Comment