a
![]() |
कार्तिक २७, २०७२- मोहम्मदपुर गाविसको धनेसपुरस्थित घनश्याम पण्डितको घरमा जुवा खेलिरहेकालाई पक्राउ गर्न पुगेको प्रहरी र स्थानीयबासीबीच झडप भएको छ । झडपमा दुई प्रहरी निरीक्षकसहित ४ प्रहरी घाइते भएका छन् ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर गरेको थियो । आज बिहान साढे २ बजे घटना भएको हो ।
झडपमा प्रहरी निरीक्षक चक्र मल्ल, भरतसिंह गिरी, सई नरेश ढकाल र जवान भगतबहादुर थापा घाइते भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक गोविन्दराम परियारले जानकारी दिए ।
प्रहरीले जुवाको खालबाट २ लाख बढी रकम बरामद गरेको छ । घटनास्थलबाट ५ थान मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम गुलरियाबाट ७ किमी पूर्वमा छ ।
a
![]() |

0 comments:
Post a Comment