a
 |
वीरगंज -संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय मधेशीमोर्चाले आह्वान गरेको अनिश्चितकालिन मधेश बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले ट्रकमा आगजनी गरेका छन् । वीरगंजको आर्दशनगर स्थित ठाकुरराम क्यामपस अगाडी मध्य रातमा आन्दोलनकारीले बन्दको अवज्ञा गरेको भन्दै रोकि राखेको ना.४.ख ११६९ नम्बरको ट्रकमा पेट्रोल छरकेर आगजनी गरेर भागेका थिए । ट्रकमा आगलागी भएको केही बेरपपछि बारुण यन्त्रको सहयोगमा ट्रकमा लागेको आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक यादव धर्ती मगरले बताए । आगलागीबाट चालक बस्ने आगडीको केबिन पुर्ण रुपमा क्षती भएको प्रवक्ता प्रहरी नायब उपरिक्षक मगरले बताए । उक्त घटनामा संगलन व्यक्तीहरुको खोजी भईरहेको प्रवक्ता प्रहरी नायब उपरिक्षक मगरले बताए ।
a
 |
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment