प्रयाेगमा ल्याउन सकिएला नेपाल सम्वत ?

a

कार्तिक २६, २०७२- नेपाल सम्वतलाई सरकारले राष्ट्रिय सम्वतको घोषणा गरेको सात वर्ष भयो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको नेपाल सम्वत ११२८ कौलागा दशमी अर्थात २०६५ कातिक ७ को मन्त्रिपरिषद्को बैठकले नेपाल सम्वतलाई राष्ट्रिय मान्यता दिएको हो । सरकारले राष्ट्रिय मान्यता त दियो तर यसलाई व्यवहारमा ल्याउन सकेन । बिहीबार नेपाल सम्वत ११३६ को पहिलो दिन हो । इस्वी सम्वत् र नेपाल सम्वत्को पहिलो दिन देशभर रौनक अर्को हुन्छ । तर, नेपाल सम्वतमा नयाँ वर्षको उल्लास भन्दा पनि तिहारको रौनक बढी छ । सरकारले चार वर्षअघि नेपाल सम्वतको पहिलो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तिहारको गोबर्धन पूजाको दिन पर्ने भएकोले त्यसै पनि बिदा हुन्छ । यसलाई व्यवहारिक मान्ने कि नमान्ने ? यो सम्वत शंखधर साख्वाले चलाएका हुन् । त्यसैले साख्वालाई नेपाल सम्वतका प्रवर्तकको रुपमा लिइन्छ । नेपाल सम्बतको सुरुवातकर्ता साख्वा कान्तिपुरको इलाछेंमा बस्ने व्यपारी थिए । कसरी सुरु भयो ? बिसं ९३६ मा काठमाडौं उपत्यकाका जनताको ऋण तिरिदिएर शाख्वाले नेपाल सम्वत चलाएका थिए । उनले प्रचलनमा ल्याएको सम्बत बिसं १९६० सम्म पनि नेपालको सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गरिन्थ्यो । तर तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले बिक्रम सम्बतलाई चलनमा ल्याएका थिए । प्रचलित किम्बदन्ति अनुसार ज्योतिषहरुले निकालेको शुभ साइतमा भद्रमती र बिष्णुमतीको दोभान लखुतीर्थबाट बालुवा झिकेर ल्याए, सुनमा परिणत हुन्छ भनेर भादगाउँका राजा आनन्ददेवलाई भनेका थिए । सोही बमोजिम राजा आनन्ददेवले शुभ साइतमा बालुवा झिक्न भरियाहरुलाई पठाए । साख्वाले शुभ साइतमा झिकेको बालुवाको भारी ल्याएको देखे । शाख्वाले ती भरियाहरुलाइ फकाइ फुल्याइ पैसा दिएर उक्त वालुवा आफनो घरमा खन्याउन लगाए । पुन: खोलाबाट बालुवा झिकी राजाले भने बमोजिम गर्न भरियाहरुलाई अह्राए । चारदिनपछि उक्त बालुवा सुनमा परिणत भयो । तर राजाको भण्डारमा खन्याएको बालुवा सुनमा परिणत भएन किन भनें त्यो बालुवा झिक्दा शुभसाइत बितिसकेको थियो । त्यसपछि शाख्वाले त्यो सुनबाट लोकको कल्याण गर्ने विचार गरे । उनले कान्तिपुर र भादगाउँका जनताहरुको ऋण मोचन गरिदिने निर्णय गरे । राजाको अनुमति लिएर शाख्वाले नेपाल सम्बत १ पनि सुरुगर्न सफल भए । साख्वाको कामको कदर गर्दै २०५६ मंसिर २ अथार्त नेपाल सम्वत ११२० कछला थो दशमीमा तत्कालिन सरकारले साख्वालाई १४ औ राष्ट्रिय विभूति घोषणा गरेको हो । (हाम्रो भक्तपुर, २०६८) उनको सालिक मध्यपुर ठिमी चोकमा छ । साख्वाको प्रचार प्रसार र संरक्षणको लागि मध्यपुरमा राष्ट्रय विभूति शंखधर साख्वा प्रतिष्ठानले नेपाल सम्वतको पहिलो दिन सरकार प्रमुखबाट सालिकमा माल्र्यापण गराउने गरेको छ । नयाँ वर्ष सुरु भएको दिन प्रधानमन्त्रीले ठिमी चोकको सालिकमा माल्यार्पण गर्न आउँछन् । साख्वाको गुनगान गाउँछन । सम्वतलाई व्यवहारिक बनाउने प्रतिबद्धता जनाउँछन । फर्केर गएपछि बिर्सन्छन । सरकार प्रमुखको हैसियतले बिहीबार प्रधानमन्त्री केपी ओलीले सालिकमा माल्र्यापण गरे । यो सम्वतलाई व्यवहारमा ल्याउने प्रतिबद्धता जनाए । उनले कार्यक्रममा भने,‘नेपाल सम्वतलाई व्यवहारमा कार्यान्वयन गर्न र शंखधर संग्रहालय निर्माणका लागि सरकार सहयोग गर्न तयार छु ।’ ओलीले मध्यपुरथिमिको कला, संस्कृतिको संरक्षणका लागि अक्षय कोष स्थापनाका लागि २ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । प्रचारको खाँचो जनस्तरबाट नया वर्षको दिन बिहान टोल टोलबाट सांस्कृतिक र्‍याली निकालिन्छ । यही दिन सरकार प्रमुखले काठमाडौंको बसन्तपुर र भक्तपुरको ठिमीमा औपचारिक सहभागी भएर यसो गर्छु र उसो गर्छु भन्दै प्रतिबद्धता जनाउँछन । त्यसबाहेक यो सम्वतलाई प्रचार गर्नै सकिएको छैन । राष्ट्रिय विभूति शंखधर साख्वा: प्रतिष्ठानले यो सम्वतको जति प्रचार गर्‍यो त्यो भन्दा केही हुनै सकेन । प्रतिष्ठानकै पहलमा क्यालेन्डरमा प्रकाशन हुदै आएको छ । ठिमी चोकलाई शंखधर चोक नामाकरण गरिएको छ । केही विद्यालयको नाम शंखधर राखिएको छ । सञ्चार माध्यमले भने जसरी बिक्रम सम्वत र इस्वी सम्वत लेखेजस्तै नेपाल सम्वतलाई राख्ने गरेका छन् । त्यस्तै शंखधर अंकित सिक्कासमेत निस्कासन भएको छ । हुलाक टिकट पनि छापिएको छ । साख्वाको बारेमा पाठ्यपुस्तकमा समेत समावेश भइसकेको छ । यो सकारात्मक पक्ष हो । यति हुँदा हँुदै आफनै देशको मौलिक सम्वतलाई प्रयोगमा ल्याउन सकिएको छैन । बाबुराम भट्टराई प्रधानमन्त्री भएताका पद्यमरत्न तुलाधरको संयोजकत्वमा यो सम्वतलाई व्यवहारमा लागू गर्न एउटा कार्यदल समेत गठन गरेको थियो । यसमा इतिहास विद् हरिनारायण मल्ल र संस्कृतिविद् कुमार योन्जन थिए । के गरेमा व्यवहारिक बनाउन सकिन्छ ? भन्ने सुझाव सहित दिएको प्रतिवेदन कार्यान्वयन भने हुन सकेन । प्रतिवेदनमा इस्वी सम्वतलाई अन्तराष्ट्रिय सम्वतको रुपमा मान्ने, नेपाल सम्वतलाई दिनगन्तीको आधारमा व्यवहारिक बनाउने लगायत सुझाव दिएको थियो । नेपालको संविधान २०७२ मा नेपाल सम्वतलाई कतै उल्लेख गरेको छैन । तर, बिक्रम सम्वतलाई उल्लेख गरेको पाइन्छ । यसले पनि सरकारले घोषणा गरेको सम्वतलाई व्यवहारमा लागू नगरेको पुष्टि हुन्छ । संविधान संशोधन गरी नेपाल सम्वतलाई उल्लेख गर्न सकिन्छ । सरकारी लेटर प्याडमा मात्रै नेपाल सम्वत उल्लेख गर्ने हो भने व्यवहारमा स्वत: प्रयोगमा ल्याउन सकिन्छ । नेपाल सम्वत ११२८ मा सालिकमा माल्र्यापण गर्न आएका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सरकारी लेटरप्याडमा उल्लेख गर्ने घोषणा गरेका थिए । तर, व्यवहारमा लागू भएन । जसरी लेटर प्याडमा बिक्रम सम्वतको साल, महिना र गते लेखिन्छ, त्यसैगरी नेपाल सम्वत राख्नु पर्ने सरोकारवालाको माग छ । नेपाल सम्वत राष्ट्रको मौलिक सम्वतको रुपमा स्थापित भएपछि कामकाजमा समेत प्रयोग गर्न सरकारले पहल गर्नु पर्ने आजको आवश्यकता हो ।


a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment