औषधी लुटेर एम्बुलेन्समा आगजनी

a


आश्विन २१, २०७२- आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले बुधबार राति वीरगन्जमा एम्बुलेन्स नियन्त्रणमा लिएर आगजनी गरेका छन् । बिरामी पुर्‍याएर फर्किने क्रममा ना२च ७५८६ नम्बरको एम्बुलेन्स वीरगन्ज उपमहानगरपालिका–१९ स्थित नगवामा आगजनी गरिएको प्रहरीले जनाएको छ । एम्बुलेन्स पूर्णरुपले जलेको छ ।

बिहीबार विहान केही स्थानीयले बाँकी रहेका पार्टपुर्जा निकाल्ने प्रयास गरिरहेका थिए । एम्बुलेन्समा करिब ७ लाख रुपैयाँ बराबरको औषधी राखिएको थियो । त्यसमध्ये ४ पोका औषधी मोर्चाका कार्यकर्ताले रातिनै लुटेर लगेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

चितवन फर्किने क्रममा त्यहीको एक अस्पतालका लागि अतिआवश्यक औषधी एम्बुलेन्समा राखिएको चालकले जनाएका छन् । चितवनको चण्डीभञ्ज्याङ्ग–९ पाँचकिलोका स्व.प्रेमनाथ स्मृति प्रतिष्ठानद्धारा उक्त एम्बुलेन्स सञ्चालित थियो ।

गोदामबाट औषधी लोड गर्ने बेलामा मोर्चाका कार्यकर्ताले एम्बुलेन्स नियन्त्रणमा लिएका थिए । एम्बुलेन्सलाई सडकबाट खेतमा धकेलेर आगो लगाइएको थियो । वीरगन्ज उपमहानगरपालिकाको वारुण यन्त्र र प्रहरीले आगोलाई नियन्त्रणमा लिएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार केही औषधि आगजनी गर्नेले लुटेर समेत लगेका थिए । होहल्ला गर्दै भीड एम्बुलेन्स तर्फ आएको देखेर चालक फरार भएका थिए ।
यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले एम्बुलेन्समा आगजनी गर्ने समूहको पहिचान भइसकेको बताए ।

‘यो आततायी घटना हो,’ कान्तिपुरसँग उनले भने, ‘आगजनी गर्ने समूहलाई तत्काल कारबाही गरिने छ ।’
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment