a
![]() |
आश्विन २०, २०७२- नेपालस्थित भारतीय राजदूतावासले इन्धन चाहियो भनेर नेपाल आयल निगमसँग तेल मागेपछि ट्विटर प्रयोगकर्ताले दूतावासलाई तेल दिने बताएका छन् । बुधबार बिहानै नेपाली छापामा 'भारतीय दूतावासले पनि माग्यो तेल' भन्ने शीर्षकमा समाचार छापिएपछि नेपालमाथि नाकाबन्दी लगाउने भारतविरुद्ध व्यंग्य गर्दै ट्विटर प्रयोगकर्ताहरुले तेल संकलन गरेका हुन् ।
आज बिहानैदेखि नेपाली ट्विटर प्रयोगकर्ताहरुले #DonateOilToIndianEmbassy ह्यास ट्याग राखेर दूतावासको लागि तेल संकलन गरिरहेका छन् । संकलन गरिएको तेल आज दिउँसो तीन बजे दूतावासलाई बुझाउने भन्दै ट्विट गरेका छन् ।
‘इन्धनको आपूर्तिमा आफैं बन्द गर्ने अहिले फेरि आफैं इन्धन उपलब्ध गराइदिनु' भन्दै दूतावासले निगमलाई पत्राचार गरेपछि त्यसको जवाफस्वरुप ट्विटर प्रयोगकर्ताले तेल दान गर्ने अभियान चलाएका हुन्।
नेपालमा नयाँ संविधान जारी भएपछि संविधानप्रति असन्तुष्ट जनाउँदै भारतले विगत १७ दिनयता 'अघोषित नाकाबन्दी' गर्दै आएको छ ।
a
![]() |


0 comments:
Post a Comment