a
![]() |
आश्विन १६, २०७२- गत आईतबार बेलायतमा बस्दै आएका रोवर्ट ल्वागुनसँग विवाह गरेकी रिमा विश्वकर्मा हनिमुन नजाने भएकी छन् । पाँच तारे होटल ह्यातमा विवाह गरेको जोडीले यसअघि बनाएको माल्दिभ्स वा पेरिसको हनिमुन ट्रिप स्थगित गरेका हुन् । हनिमुनमा खर्च हुने सम्भावित रकम विश्वकर्मा जोडीले चलचित्रकर्मी कल्याण कोषलाई सहयोग गरेका छन् ।
‘हामीलाई हनिमुन जानु एक्स्ट्रा खर्च गर्नु हो जस्तो लाग्यो’, सँगै रहेका पतितर्फ इंगित गर्दै रिमाले भनिन्, ‘बरु त्यो रकमलाई नयाँ कामको लागि किन खर्च नगर्ने भन्ने लाग्यो । यसमा श्रीमानले पनि सहमति जनाएपछि कोषलाई सहयोग गर्न चाह्यौं’, एक लाख रुपैयाँ कोषकी संयोजक झरना थापालाई प्रदान गरेपछिको मन्तव्यमा रिमाले यसो भनिन् ।
विवाहपछि पनि अभिनय क्षेत्रलाई निरन्तरता दिएकी नायिका झरना थापालाई आफ्नो आदर्श मानेको बताउने रिमाले उनकै नेतृत्वको कोषलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताइन् ।
रिमाले विवाहपछिको जिवनलाई नयाँ यात्राको सुरुवात भनेकी छन् । ‘तर पनि फिल्म क्षेत्रबाट टाढिने छैन । झरना दिदीजस्तै म पनि यसैमा निरन्तर हुनेछु । यसमा मलाई नयाँ घरको पनि सहमति समर्थन छ’, रिमाले थपिन्, ‘भोली नै म्युजिक भिडियो गर्दैछु ।’
छोटो प्रेम सम्बन्धपछि विवाह गरेको रिमा–रोबर्ट जोडीले पहिलो पटक फेसबुकबाट चिनापर्ची गरेका थिए । फेसबुकमा फ्रेन्ड रिक्वेस्ट कसले पठायो त ? प्रश्नले केही लजाउँदै रिमाले पतितर्फ हेरिन् । त्यसपछि रोबर्टले नै मुख खोले, ‘निश्चय पनि, यस्तो केसमा केटा मान्छे नै अघि बढ्नुपर्छ । मैले नै पठाएको थिएँ ।’
रिक्वेस्ट आएपछि रिमाले पनि म्युचुअल फ्रेन्डमा भएका एक मित्रमार्फत् रोबर्टको इन्क्वायरी गरेपछि उचित ठानेर एसेप्ट गरिन् रे । रोबर्टले चाहीं रिक्वेस्ट पठाउनुको कारणबारे भने, ‘उनलाई चाहने त हजारौं हुन्छन् होला । मलाई उहाँ मनपरेपछि मित्रताको हात बढाएको हुँ ।’ साथीको रुपमा प्रस्ताव अन्तत: विवाहसम्मको कारक बन्यो । विवाहअघि नै रिमाका फिल्म हेरेको बताउने रोबर्ट उनमा अभिनयको प्रचुरता रहेको जिकिर गर्दै यसलाई निरन्तरता दिन सुझाउँछन् ।
विवाहपछि रिमाले वैवाहिक सम्बन्धको छोटो अनुभवमा गाँठी कुरा अनुभव गर्न नपाएपनि नयाँ मान्छे, परिवार र परिवेशसँगको आत्मसात् रमाइलो रहेको सुनाइन् । ‘विवाहपछि दुईबीचको कनेक्सन र एसेप्टेन्स मिठो हुने रहेछ । त्यसबाहेक नयाँ परिवारका सदस्यसँग बीना जजमेन्ट एट्याच भइनेरहेछ’ रिमाले थपिन्, ‘नत्र पहिले कोही साथी बन्न वा नजिकिन आउँदैछ भने कस्तो मान्छे हो ? व्यवहार ठिक छ वा छैन ? जस्ता कुरामा इन्क्वायरी गरिन्थ्यो र ठिक लाग्नु वा नलाग्नुले साथी सम्बन्ध अघि बढाउनु वा नबढाउनु बारेमा निर्णय गरिन्थ्यो । विवाहपछि त्यो आवश्यक नहुने रहेछ ।’ उनले यी कुरालाई सकारात्मक मान्छिन् भने विवाहपछिका नकारात्मक कुरा अहिल्यै अनुभव गर्न नपाएको बताईन् ।
आईतबार नै पतिलाई बेलायतका लागि बिदाई गर्न लागेकी रिमाले त्यसपछि पुन: आफ्नो दैनिकी फिल्म र मोडलिंग क्षेत्रमै बित्ने प्रष्ट्याइन् । ‘स्वर’ बाट फिल्ममा डेब्यू गरेकी रिमाको पछिल्लो फिल्म ‘भाले फाइट’ यतिबेला प्रदर्शनरत छ । जसमा उनी बाबु बोगटीको अपोजिटमा देखिएकी छन् ।
a
![]() |


0 comments:
Post a Comment