कालीगण्डकीमा बिमान खस्यो, ठूलो मानवीय क्षती हुन पाएन कास्की, जेष्ठ २ । कास्कीको पोखराबाट जोमसोमका लागि उडेको नेपाल वायुसेवा निगमको नाइन एन ए वि ओ ट्वीनअटर विमान दुर्घटना भएको छ । बिमान दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन् । आज बिहान ८ः ३० बजे जोमसोम बिमानस्थलमा अवतरण भएर फर्कने क्रममा तीव्र हावाका कारण विमान कालीगण्डकीमा खस्दा दुर्घटना भएको हो । विमान खसेलगत्तै उद्धार भएको र आगलागी पनि नभएकाले मानवीय क्षति हुन नपाएको विमानस्थलले जनाएको छ । अहिले सेना प्रहरी र स्थानिय बासिन्दाले उद्धार गरिरहेका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ । अवतरण गर्ने क्रममै दुर्घटना भएकाले मानवीय क्षति नभएको तर विमान चालक केही यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।एकजना पाइलट सहित ५ जनाको अवस्था गम्भीर रहेको र सबैलाई स्थानीय अस्पताल पुर्याइएको बताए । 'अस्पतालले ५ जनालाई रेफर गरेको छ । अन्य यात्रुहरु सामान्य घाइते छन्, बोलचाल र हिड्डुल गरिरहेका छन्,' सिग्देलले ईकान्तिपुरसंगको टेलिफोन सम्पर्कमा भने । ल्यान्ड गर्ने बेलामा बढी हावा चलेका कारण उक्त विमान दुर्घट्ना भएको अनुमान गरिएको छ ।पोखराबाट बिहान ८ बजेर १० मिनेटमा उडेको उडेको उक्त विमानमा चालक दलका ३ जना, ४/५ वर्षको एक बच्चा सहित ११ नेपाली र ८ जना जापनीज नागरिक थिए । दुर्घट्ना ८ बजेर ३३ मिनेटमा भएको हो । विमानमा १० जना नेपाली र ८ जापानी गरी १८ जना यात्रु थिए । थप उद्धारका लागि पोखराबाट अर्को विमान अहिले जोमसोम पुगिसकेको छ ।

a

Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment