a
|
आश्विन २०, २०७२-
सरु बन, मोडल/गायिका
पुस्तक : जीवन काँडा कि फूल
झमककुमारी घिमिरेको यो पुस्तक अध्ययन गरेपछि जीवनलाई अझ नजिकबाट बुझ्न थालेकी छु । जीवनमा संघर्ष पनि आवश्यकता छ भन्ने कुराको ज्ञान पनि भएको छ ।
गायक : राज सिग्देल
युवा गायक राज सिग्देल बहुप्रतिभाशाली छन् । शास्त्रीयदेखि पपससम्मका गीत गाउन सक्ने क्षमता उनमा छ ।
गायिका : संगीता राना प्रधान
गायिका संगीता राना प्रधानको गायनमा मिठास त छँदैछ, हामी नयाँ प्रतिभाप्रति उहाँले देखाउने सहयोगी भावनाबाट पनि म प्रभावित छु ।
गीत : साउने झरीमा...
चलचित्र ‘लाहुरे’ को यो गीत जति सुनेपनि धीत मर्दैन । गायिका आशा भोसलेको यो गीतबाट नयाँ संगीतकर्मीहरूले धेरै कुरा सिक्न सक्छन् ।
संगीतकार : करणराज कार्की
मेरो संगीतको गुरु भएकाले मात्र होइन, उहाँलाई म भर्सटाइल संगीतकार भन्न रुचाउँछु । हरेक प्रकारका शब्दलाई सुमधर बनाउन सक्ने क्षमता भएको एउटा संगीतकार ।
चलचित्र : झोला
विगतमा नेपाली महिलाहरूले कति सम्म दु:ख, पीडा र कष्ट सहेका रहेछन् भन्ने कुरा जान्न यो चलचित्र हेर्नै पर्छ ।
अभिनेता : श्रीकृष्ण श्रेष्ठ
नेपाली चलचित्र क्षेत्रका अमर अभिनेता हुन्– श्रीकृष्ण श्रेष्ठ । लाखौं नेपालीको ढुकढुकी बनेका श्रीकृष्ण मेरो पनि मुटुको ढुकढुकी बनेका छन् ।
अभिनेत्री : गौरी मल्ल
अभिनयका दृष्टिकोणले गौरी मल्लको तुलना अन्य नेपाली नायिकासँग गर्न सकिँदैन । सुन्दरताले उनको अभिनय क्षमतालाई थप निखारेको छ ।
खाना : साधारण नेपाली
हरेक मौसमलाई उपयुक्त खाना नै साधारण दाल, भात, तरकारी र अचारसहितको नेपाली खाना हो ।
पहिरन : सेमी फर्मल
औपचारिक समारोहमा होस् अथवा रेस्टुराँमा खाँदा, सेमी फर्मल वेयर जुनसुकै अवस्थामा पनि उपयुक्त हुन्छ ।
रंग : नीलो
मलाई रोयल ब्लु रंग मन पर्छ । यो रंगका पहिरन मलाई सुहाउँछन् पनि । मसँग भएका अधिकांश पहिरन नीलै रंगका छन् ।
मौसम : समर
गीत गाउन गर्मी मौसम असाध्यै मनपर्छ । यो मौसममा चिसो खाँदा खोकी पनि कम लाग्छ, आफ्नो रोजाइका पहिरन लगाएर पर्फम गर्न सकिन्छ ।
स्थान : जोमसोम
म अहिले सम्म जान भ्याएकी छैन, तर स्वर्ग कतै छ भने जोमसोम मै छ भन्ने सुनेकी छु । अहिलेसम्म जोमसोमको तस्बिरबाट मात्र चित्त बुझाएकी छु, मौका मिलेको खण्डमा कुनै पनि बेला म जोमसोम पुग्न सक्छु ।
मन्दिर : पशुपतिनाथ
म हप्तामा एक पटक पुग्ने मन्दिर पशुपतिनाथ नै हो ।
सवारी साधन : कार
आफूसँग स्कुटर भए पनि मलाई कार मन पर्छ । सजिलो, सुरक्षित र हरेक प्रकारका पहिरन लगाएर हिंड्न सकिने साधन कार नै हो ।
a
|
0 comments:
Post a Comment