नाकाबन्दी : कतै विरोध कतै विकल्पn

a

आश्विन २२, २०७२- भारतको अघोषित नाकाबन्दीका कारण राजधानी काठमाडौंका जनजीवन अस्तव्यस्त बन्न थालेको छ । इन्धन अभावले सडकमा सवारी साधानको संख्या ह्वात्तै घटेको छ । यसको मार सर्वसाधारणलाई परेको छ ।

कुनै धुले बाटोमा पहाडको दूर्गम गाउँ हिँडेका यात्रीझैं राजधानीका मूल सडकमा छतभरि मानिस देखिन्छन् । अरु समयमा भए ट्राफिक प्रहरीले यिनलाई जरिवाना गर्थे । अहिले चोक चोकमा खटिएका ट्राफिक प्रहरीको काम खाली गाडी रोकेर यात्रु चढाउने भइरहेको छ ।

ग्याँसको अभाव टार्न राजधानीका कति होटल रेष्टुरेन्टहरुले दाउरा बाल्न थालेका छन् । पैदल हिँड्नेको संख्या बढेको छ ।

नाकाबन्दीसँगै राजधानीका सडकमा यसको विरोधमा प्रदर्शन पनि नियमित भइरहेको छ । आज पनि राजधानीका माइतीघर लगायतका सडकमा नाकाबन्दीको विरोध र राष्ट्रिय एकताका पक्षमा युवाहरुले प्रदर्शन गरे ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment