a
![]() |
काभ्रे\च्यासिङ्खर्क–२ च्याल्टीका दुबै मृगौला पिडित मनोज कुमार रुम्बाको उपचारका लागि विभिन्न देशमा श्रम गरेर बसेका नेपालीहरुले संकलन गरेर पठाएको रु. १ लाख १० हजार रकम शनिवार बनेपामा पिडितलाई प्रदान गरेको छ ।
नाम्सादिम छोरङान नेपालका अध्यक्ष हिरामान बल तामाङले विदशेमा पसिना बगाई कमाएर पठाएको पैसा सहि ठाउँमा सदुपयोग गर्नको लागि पिडितलाई आग्र गरे ।
रुम्बाको विगत १८ महिना अघि देखि दुबै मृर्गौला फेर्नुपर्ने समस्या देखिएपछि धुलिखेल अस्पतालमा हप्ताको दुई पटक डाइलोसिस गरिदै आइरहेको उनकी श्रीमती सरिता रुम्बाले बताइन । ‘श्रीमानको मृगौला प्रत्यारोपन अस्पताल भक्तपुरमा प्रत्यारोप गर्ने तयारी गरिरहेको भएतापनि आर्थिक अवस्था कमजोर भएकाले ढिलाई भएको छ तिहारपछि गर्न डाक्टरले सल्लाह दिएको छ उनले भनिन् ।’
मनोजका बुबा रिुद्रबहादुर रुम्बाले छोराको उपचारका लागि १५ लाखभन्दा बढी रकम आवश्यक पर्ने बताएका छन् ।
‘अस्पतालका डाक्टरले मेरो मृगौला हुन्छ भनेपछि दिने तयारी गरेको छ आर्थिक अवस्था कमजोर छ रकम जुटाउँदै छौँ उनले भने ।’ आर्थिक अवस्था नाजुक भएको कारण मनोजलाई नयाँ जीवन दिन चाहनुहुने महानुभावहरुले ९८०३४९२३२६ फोन गर्न र ०८१४२८७२४६५२४००१ खाता नम्बरमा सहयोग गर्न समेत आग्रह गरेका छन् ।
a
![]() |


0 comments:
Post a Comment