सैनिक विमान दुर्घटनामा ११ मारिए

a


आश्विन १६, २०७२- अफगानिस्तानको जलालाबाद विमानस्थलमा भएको एक अमेरिकी सैनिक विमान दुर्घटनामा ११ जनाको मृत्यु भएको छ ।
सी–१३० हर्कुलस विमान बिहीबार मध्यरातमा दुर्घटना भएको थियो । सेनाका अनुसार मारिनेमध्ये ६ अमेरिकी सैनिक र ५ जना करारका कर्मचारी थिए । उक्त मोडेलको विमान अमेरिकाले सेना र बन्दोबस्तीका सामान ओसार्न प्रयोग गर्दै आएको छ ।
अफगानिस्तानमा अझै करिब १० हजार अमेरिकी सैनिक तैनाथ छन् । सन् २०१६ को अन्त्यमा मात्र ती सैनिक फिर्ता गर्ने योजना अमेरिकाको छ । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का अनुसार दुर्घटना भएको पूर्वी क्षेत्रमा करिब हजार विदेशी नागरिक छन् ।
यसैबीच, आतंककारी संगठन तालिवानले उक्त विमान आफ्ना लडाकुले खसालेको दाबी गरेको छ । तालिवान प्रवक्ता जबिहुल्लाह मुजाहिदले शुक्रबार ट्विटरमार्फत यस्तो दाबी गरेका हुन् ।
दुर्घटनाबारे नेटोले भने केही भनेको छैन । तालिवानले यसअघि पनि युद्धमा नेटो सैनिकतर्फ ठूलो क्षति पुर्‍याएको दुष्प्रचार गर्दै आएको छ ।
विमान खसालिएको कुनै निशाना नपाइएको जनाएका छन् । उक्त विमान लडाकु नियन्त्रणमा गएको कुन्दुज प्रान्तमा भइरहेको सैन्य कारबाही प्रयोजनमा उडेको थियो ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment