एभिन्युजका पत्रकारमाथि वीरगन्जमा आक्रमण

a


आश्विन २२, २०७२- एभिन्युज टेलिभिजनका वीरगन्ज ब्यूरो प्रमुख राजु श्रेष्ठ र क्यामेरा पर्सन जियालाल साहमाथि शुक्रबार साँझ आक्रमण भएको छ । मधेस आन्दोलनका सम्बन्धमा आदर्श चोकबाट साँझ ७ :३० बजे टेलिभिजनमा लाईभ रिपोर्टिङ गरिरहेका बेला श्रेष्ठ र साहमाथि आक्रमण भएको हो । श्रेष्ठले आज वीरगन्जमा मधेसी मोर्चाबाट भएको प्रदर्शनका सम्बन्धमा जनताको प्रतिक्रिया लिइरहेका थिए । प्रदर्शनमा सहभागी हुन गाउँबाट आएको एक समूहले एक्कासि आक्रमण गरेको श्रेष्ठले बताए । श्रेष्ठ र साहलाई कुटपिट गरिएको छ । उनीहरु ज्यान जोगाउन भागेर एक सटर भित्र लुकेका थिए । त्यहाँ पनि आक्रमणको प्रयास गरिएको थियो । प्रहरी आएर लाठी चार्ज गरेर आक्रमणकारीलाई भगाएर पत्रकारद्वयलाई उद्धार गरेको हो ।

a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment