मोदीकै निर्वाचन क्षेत्रमा दंगा

a


आश्विन १९, २०७२- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जितेको उत्तर प्रदेशको बनारसस्थित निर्वाचन क्षेत्रमा दंगा भड्किएको छ। प्रहरी र प्रदर्शनकारीबीच भिडन्त जारी छ।

गत सेप्टेम्बर २२ मा गणेश विसर्जन क्रममा आयोजित एक धार्मिक समारोहमा प्रहरीले हस्तक्षेप गरेको विरोधमा प्रदर्शन सुरु भएको थियो। प्रदर्शनमा प्रहरीले चरम दमन गरेपछि त्यसले दंगाको रूप लिएको हो। सेप्टेम्बर २२ मा प्रहरीले धार्मिक नेता र उनीहरूका अनुयायीमाथि निर्ममतापूर्वक लाठी बर्साएको थियो। उनीहरू गंगा नदीको किनारतर्फ जाँदै थिए।

सोमबार धेरै धार्मिक नेता प्रदर्शनमा सहभागी थिए। उनीहरूलाई प्रधानमन्त्री मोदीकै मतदाता स्थानीय बासिन्दाले साथ दिएका थिए। प्रदर्शनकारी सहरको मध्यभागमा पुगेपछि प्रहरीसँग ढुंगा हानाहान भएको हो। त्यस क्रममा प्रदर्शनकारीले प्रहरीका भ्यान तोडफोड र आगजनी गरेका छन्। प्रहरीले धार्मिक नेताहरूमाथि निर्ममतापूर्वक लाठी बर्सायो।

दसअश्वमेध, चोक, कोतवाली र लुक्सा क्षेत्रमा कर्फ्यु लगाइएको छ। कर्फ्यु तोडेर स्थानीय बासिन्दाले प्रदर्शन गरिरहेका छन्। प्रहरीको निर्मम दमनको विरोधमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका हुन्। सन् २०१३ मा अलाहाबाद उच्च अदालतले गंगा र यमुना नदीमा गणेशको मूर्ति सेलाउन प्रतिबन्ध लगाएको थियो। तर, हिन्दु धर्मावलम्बीले आफ्नो संस्कृति कायमै राखेका छन्। त्यसबाट नदीमा प्रदूषण गराएको आरोप भारतीय अदालतको छ।

पछिल्लो समयमा स्थानीय प्रशासनले भीड व्यवस्थापन गर्ने गरी प्रतिबन्ध खुकुलो बनाएको छ। सोमबारको प्रदर्शनमा हजारौं साधुसन्त सहभागी थिए। उक्त प्रदर्शनलाई ‘अन्याय प्रतिकार यात्रा’ नाम दिइएको थियो। सेप्टेम्बर २२ को दमनका दोषीलाई कारबाही गर्न उनीहरूले माग गरेका थिए। प्रहरीले हस्तक्षेप गरेकाले हिंसा भड्किएको हो। स्थानीय टाउन हल मैदानमा पुगेर आमसभा गर्ने प्रदर्शनकारीको योजना थियो। अपराह्न साढे ४ बजे प्रदर्शनकारी गोडौलिया पुगेपछि प्रहरीले दमन थालेको थियो। जसका कारण सहर एकाएक रणमैदानमा परिणत भएको हो। प्रदर्शनकारी र प्रहरीबीच पटक–पटक झडप भएको थियो।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment