‘न्युट्रिनो’को अनसन्धान गर्ने दुई वैज्ञानिकलाई भौतिकशास्त्रको नोबेल पुरस्कार

a


आश्विन १९, २०७२- यस वर्ष भौतिक शास्त्रको तर्फको नोबेल पुरस्कार दुई जना वैज्ञानिकलाई प्रदान गरिने घोषणा गरिएको छ ।

क्यानडाका आर्थर वी मैक डोनाल्ड, किंग्सटन क्वीन्स विश्वविद्यालयमा पार्टिकल भौतिकशास्त्रको प्राध्यापक हुन् । यस्तै, जापानका प्राध्यापक ताकाई काजिता, टोक्यो विश्वविद्यलयमा काम गर्छन् ।

यी दुवै वैज्ञानिकले ब्रम्हाण्डमा पाइने सामान्य कण न्युट्रिनोलाई लिएर आश्चर्यजनक खोज गरेका छन् । यो खोज अनुसार न्युट्रिनोमा समेत तौल हुन्छ । यस अघि न्युट्रिनो लाई तौल नभएको कण मानिन्थ्यो । यो खोजले पदार्थको सबैभन्दा आन्तरिक कार्यप्रणाली बारे स्पष्ट पारेको छ । न्युट्रिनो ब्रम्हान्डको सबै ठाउँमा हुन्छ ।

सन १९०१ देखी हालसम्म दुइजना महिला सहित दुई सय एक वैज्ञानिकहरुलाई भौतिक शास्त्रमा नोबेल पुरस्कार दिइएको छ ।

a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment