‘चीनबाट इन्धन ल्याउन सरकारले स्वीकृति दिएन’

a


आश्विन १७, २०७२- आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले सहज रूपमा व्यापार हुने ठाउँबाट पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बताएका छन्। उनले सरकारले छिमेकी चीनबाट इन्धन ल्याउन अनुमति नदिँदा अहिले असहज अवस्था आएको जिकिर गरे।
‘अघोषित नाकाबन्दीलगत्तै चीनबाट इन्धन आयात गर्नुपर्ने प्रस्ताव सरकारले मानेन,’ गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एसोसिएसनको २३ औं साधारणसभालाई सम्बोधन गर्दै उनले भने, ‘भारतको मात्रै भर पर्दा आपूर्ति असहज हुने भएकाले चीनबाट ल्याउन पटकपटक अनुमति माग्दा पनि सरकारले दिएन।’
निगमले दशकौंदेखि भारतीय आयल कर्पोरेसनसँग कारोबार गर्दै आए पनि बारम्बार असहज अवस्था सिर्जना हुँदै आएको उनको भनाइ थियो। उनले इन्धन आयातमा विकल्प खोज्नुपर्ने बताए।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment