आधा मात्रै सवारी चल्दा यात्रुलाई सास्ती

a


आश्विन १०, २०७२- इन्धन अभावका कारणले सरकारले आइतबार (आज) बाट लागू हुने गरी सवारीसाधनमा जोर/विजोर नम्बर प्रणाली लागू गरेपछि यात्रुहरूलाई समस्या परेको छ । आइतबार जोर नम्बर प्लेट भएका सवारी गुडे पनि यात्रुहरूलाई पर्याप्त भएको देखिन्न ।

चोकचोकमा गाडी कुर्दै लामो समय यात्रुहरू बसिरहेका छन् । जोर नम्बर प्लेट भएकै सवारी साधन पनि इन्धन अभावका कारण पेट्रोलपम्पको लाइनमा बस्न बाध्य भएका छन् ।

जसले गर्दा सडकमा सवारी साधनको आवजजावत कम भएको छ । स्वयम्भु, बसपार्क, गोंगबु, सामाखुसी, नारायणगोपाल चोक, चाबहिल, कीर्तिपुर, सातदोबाटो, कोटेश्वरलगायत उपत्यकाका मुख्यमुख्य चोकमा यात्रुहरुको भीड बढी छन् ।

भारतले अघोषित नाकाबन्दी गरेपछि इन्धनको संकट देखिएको हो । नेपालका ठूला नाकाहरू झापाको काकडभित्ता, विराटनरको जोगबनी, नेपालगन्जको रुपैडिया, पर्साको वीरगन्ज र रुपन्देहीको सुनौली नाकामा नेपाल आयाल निगमका इन्धन बोक्ने ट्याङ्कर थन्किएका छन् ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment