a
|
आश्विन २३, २०७२- नेपाल आयल निगम मेचीले शनिबार २० ट्यांकर पेट्रोलियम काठमाडौ पठाएको छ ।
निगमका प्रमुख कमलेश अर्यालका अनुसार आपूर्ति र गृह मन्त्रालयको निर्देशन अनुसार १५ ट्यांकर डिजल र ५ ट्यांकर पेट्रोल काठमाडौ पठाइएको हो । ‘राजधानीबाट दसैंमा घर फिर्ने सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै मन्त्रालयले तेल मागेपछि पठाएका हाैं,’ अर्यालले भने ।
मेची अञ्चलमा भने तेलको हाहाकार छ । पेट्रोल पम्पहरु तेल अभावले बन्द छन् ।
a
|
0 comments:
Post a Comment