आफ्नै पार्टीका मन्त्रीलाई पदभार ग्रहण गर्न दिएनन् उपप्रधानमन्त्री कमल थापाले

a


काठमाडौं– प्रधानमनन्त्री केपी शर्मा ओलीले विहिवार मन्त्रिपरिषद्को विस्तार गरे । ओलीले बिहिबार एमालेका ४ तथा माले र जनमोर्चाका एक–एक गरि ६ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेपनि राप्रपा नेपालले यसअघि नै घोषणा गरेको सहायकमन्त्री र राज्यमन्त्रीलाई भने सपथ खुवाएनन् ।
जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा भागलिन स्वीट्जरल्याण्ड प्रस्तान गर्नुअघि पार्टी अध्यक्ष तथा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले स्थानीय विकास राज्य मन्त्रीमा कुन्तीकुमारी शाही र सहायक मन्त्रीमा विराज विष्ट, भूमिसुधार राज्य मन्त्रीमा विक्रम थापा र सहायक मन्त्रीमा दिनेश श्रेष्ठको नाम ओलीलाई बुझाएका थिए । स्थानीय विकासमन्त्री भने आफैंले राख्ने पार्टीको निर्णय रहेको समेत थापाले ओलीलाई अबगत गराएका थिए ।
थापा नाम बुझाएर जेनेभा प्रस्थान गरेको भएपनि राज्यमन्त्री र सहायक मन्त्रीको ओलीले हालसम्म सपथ नगराएका हुन् । यद्यपी ओलीले विहिबार नै विनाविभागिय मन्त्री रहेको राप्रपा नेपालका नेता रामकुमार सुब्बालाई भूमिसुधार मन्त्रीको जिम्मेवारी दिएको भएपनि उनले पदभार ग्रहण गरेका छैनन् ।

किन गरेनन् सुब्बाले पदभार ग्रहण ?

स्रोतका अनुसार सुब्वालाई प्रधानमन्त्री ओलीले तत्काल पदभार ग्रहण गर्न आग्रह गरेपनि उनले अस्वीकार गर्दै आएका छन् । कमल थापाको दबाबमा उनले पदभार ग्रहण नगरेको स्रोतको दाबी छ ।
बालुवाटार निकाट स्रोतका अनुसार ओली राप्रपा नेपालले सिफारिस गरेका राज्यमन्त्री र सहायक मन्त्री सबैलाई मन्त्री बनाउने पक्षमा छ्रैनन् । राप्रपा नेपालबाटै राज्य र सहायक मन्त्री धेरै नियुक्ति गर्दा मन्त्रिमण्डलको आकार ठूलो बन्ने र त्यसले गर्दा सरकार आलोचित हुने ओलीको बुझाई छ । तर, थापा भने पार्टीको आन्तरिक समिकरण मिलाउने उद्देश्यले जसरी पनि सबैलाई नियुक्ति दिलाएरै छाड्ने मनस्थितिमा रहेका छन् ।
ओलीमाथि दवाव बढाउनकै लागि उनले सुब्बालाई ग्रहण नगरेको स्रोतको दाबी छ । स्रोत भन्छ, ‘थापा स्थानीय विकास मन्त्रालय आफैं राखेर आफूले यसअघि नै सिफारिस गरेका व्यक्ति सबैलाई क्याबिनेटमा ल्याउन लागिपरेका छन्, तर प्रधानमन्त्रीले मानिरहेका छैनन्, ओलीलाई बाध्य बनाउन उनले सुब्बालाई कार्यभार ग्रहण गर्न हतार नगर्न निर्देशन दिएका हुन्।’
आफ्नो बलियो समर्थनमा ओली प्रधानमन्त्री बनेकाले उनीसँग सक्दो बार्गेनिङ गरेर अघि बढ्ने कमल थापाको रणनीति छ ।
तर, राप्रपा नेपालका केन्द्रीय सदस्य सुरेश आचार्यले थापा विदेशमा भएको कारणले सुब्वाले पदभार नगरेको दाबी गर्दै अब थापा पनि स्वदेश फर्किसकेकाले पदभार ग्रहण गर्ने बताए ।

कमल थापाको बार्गेनिङको भित्रि पाटो
संविधानसभाबाट संविधान जारी हुनु केहि सातापहिले मात्रै राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको बैठकले संविधानसभामा आफ्नो माग पूरा नहुने ठहरसहित संविधाननिर्माण प्रक्रियाबाट बाहिरिने निर्णय गरेको थियो । तर, त्यसको केहि दिन नबित्दै रहस्यमयी ढंगले कमल थापाले फेरि संविधानसभामा नै फर्किएर संघर्ष गर्नुपर्ने भन्दै एकलौटी निर्णय गराएर संविधान निर्माण प्रक्रियामा सामेल भएका थिए । त्यतिबेला कमल थापाको निर्णयमा अधिकांश नेताहरुले तीब्र असन्तुष्टि मात्रै जनाएका थिएनन् प्रभावशाली नेता रामकुमार सुब्बाले राजीनामा समेत दिन खोजेका थिए ।
त्यतिबेला अनेकन हर्कत गरेर राजीनामा दिनबाट रोकेका थापाले अहिलेको मन्त्रिमण्डलमा पहिलो रोजाईमै सुब्वालाई सहभागि गराएका हुन् । सुब्वा बिच्किए अन्य सभासद र नेताहरुलाई प्रभावमा पारेर पार्टी फुटाउने खतरा रहने भएपछि उनले सुब्बालाई पहिलो राजाईमा पारेको स्रोतको दाबी छ । स्रोतका अनुसार सुब्वासँगै सहअध्यक्ष केशववहादुर विष्ट, गंगा यादव , विराज विष्ट, प्रमुख सचेतक दिलनाथ गिरी , विक्रम थापालगायतका प्रभावशाली नेताहरु थापासँग रुष्ट भएका थिए । उनीहरु सबैलाई पार्टीभित्र मिलाएर राख्न चर्चामा रहेकी कुन्ती शाहीलाई उपसभामुखको उम्मेद्वारबाट पाखा लगाएर मधेसी मूलका सभासद गंगा यादवलाई थापाले उम्मेद्वार बनाएका थिए भने उनी विजयी समेत भएका छन् । यस्तै राज्य मन्त्रीमा कुन्तीकुमारी शाही र विक्रम थापा र सहायक मन्त्रीमा विराज विष्ट र दिनेश श्रेष्ठको नाम थापाले सिफारिस गर्नुमा पनि पार्टीलाई बचाइराख्न चालिएको कदम भएको राप्रपा नेपाल निकट एक नेताले दाबी गरे ।
यसरी पार्टीभित्रको आन्तरिक समिकरण बलियो बनाउन थापाले मन्त्री र सहायक मन्त्री सिफारिस गरेको भएपनि ओलीले अस्वीकार गरेपछि थापाले बार्गेनिङका लागि विभिन्न रणनीति प्रयोग गरिरहेका हुन् ।

कमल थापालाई नै किन चाहियो दूई मन्त्रालय ?
ओलीसँगै उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीको रुपमा सपथ खाएका थापाले पछिले समयमा अर्को मन्त्रालय पनि सम्हाल्ने भएका छन्, त्यो हो –संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय । राप्रपा नेपालका एक असन्तुष्ट नेताले भने, ‘पार्टीभित्र मन्त्री हुन योग्य अरु व्यक्ति पनि थिए, तर अरुलाई माथि पुग्न नदिन थापाले स्थानीय विकास मन्त्रालय पनि हडपे ।’ पार्टीमा आफ्नो एकाधिकार कायमै राख्न थापाले मन्त्रीमा पनि अन्य नेताहरुमाथि अंकुश लगाएको ति नेताको आरोप छ ।

a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment