नाकाबन्दी खोल्न सरकारले अन्तर्राष्ट्रिय सहयोग खोज्ने

a


आश्विन २२, २०७२- मन्त्रिपरिषद्ले देशको असहज परिस्थितिबारे मित्र राष्ट्रलाई जानकारी गराउँदै स्थिति सहज बनाउन सहयोगको लागि आग्रह गर्ने निर्णय गरेको छ ।

यसको लागि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको संयोजकत्वमा समिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।

यसैगरी, बैठकले भारतबाट इन्धन आपूर्तिलाई सहज बनाउने जिम्मे बाणिज्य मन्त्री सुनिलबहादुर थापालाई दिएको छ । बैठकले थापाको संयोजकत्वमा आपूर्ति व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ ।

भारतसँग गतिरोध अन्त्यको लागि वार्ता गर्ने र अन्य मुलुकबाट पनि इन्धन ल्याउन सकिने जिम्मेवारी समितिलाई दिइएको छ ।

बैठकले ऊर्जा संकट समाधानको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ ।
दशैंमा थप बिदा नदिइने
गृह मन्त्रालयले दशैंमा थप बिदा दिने भनी गरेको प्रस्ताव मन्त्रिपरिषद बैठकले अस्वीकृत गरेको छ । इन्धन संकट भएको भन्दै गृहले दशैंको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म बिदा दिने प्रस्ताव गरेको थियो ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment