a
|
काठमाडौं – तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाले व्यवस्थापिका संसदको आइतबारको बैठकमा नाराबाजी गर्दै अवरोध गरेपछि सभामुख ओनसरी घर्तीले बैठक भोलि दिउसो ३ बजेसम्मको लागि बैठक स्थगित भएको घोसणा गरेकी छन् ।
सभामुख घर्तीले आफ्नो एजेण्डा सम्बोधन गराउन पनि संसदको कारबाही अघि बढाउनु पर्ने भन्दै नाराबाजी रोक्न आग्रह गरेपनि उनीहरुले सो आग्रहलाई वेवास्ता गर्दै चर्को नाराबाजी गर्दै सदन अवरुद्व पारेका थिए ।
उनीहरुले आफ्नो मागको सुनुवाई हुनुपर्ने माग गर्दै त्यो माग पूरा नभएसम्म सदनको कारबाही अघि बढ्न नदिने समेत घोषणा गरेका छन् ।
उनीहरुले संसदमा अवरोध गर्नुअघि नेपाली कांग्रेसका उपसभापति रामचन्द् पौडेल संसदमा आफ्नो धारणा राखेका थिए । त्यसलगत्तै संघीय समाजवादी फोरमका संसदीय दलका नेता अशोक राईले आफ्नो धारणा राखेका थिए ।
उनले तराई मधेसको माग माग नगरेसम्म संसद बैठक चलाउन नहुने बताएका थिए । त्यसलगत्तै मोर्चामा सम्बद्ध ८ दलका सांसदले अवरोध सुरु गरेका थिए तराई मधेस आन्दोलनलाई सरकारले बेवास्ता गरेको र उठाइएका मागलाई सम्बोधन गर्न कुनै पहल नगरेर मुलुकलाई कठिन परिस्थितिमा पारेको आरोप मोर्चाले लगाउँदै आएको छ ।
a
|
0 comments:
Post a Comment