नेपालसामु पाकिस्तानी टोलीद्वारा ३ सय २७ रनको लक्ष्य प्रस्तुत

a


काठमाडौं – युनाइटेड अरब एमिरेटस्को टुरमा रहेको नेपाली क्रिकेट टोलीविरुद्ध पाकिस्तानी राष्ट्रिय खेलाडीहरु सम्मिलित टोलीले नेपाल विरुद्ध ३ सय २७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय २६ रन बनायो ।
पाकिस्तानका लागि कप्तान अजहर अलीले रिटायर्ड आउट हुनअघि ७३ रन बनाए भने शोहेब मलिकले पनि रिटायर्ड आउट हुनअघि ६३ रन बनाए । निकै आक्रमक रुपमा देखिएका बबर अजामले २९ बलमा ४३ रन बनाए । बसन्त रेग्मीको बलमा क्याच आउट हुनअघि भेटरान खेलाडी युनिस खानले ३८ रनको योगदान दिए ।

नेपालका लागि बसन्त रेग्मीले २ तथा सागर पुन र पारस खड्काले १–१ विकेट लिए ।

नेपालले आधिकारिकरुपमा पाकिस्तानी राष्ट्रिय टोलीसँगै प्रतिस्पर्धा नगरे पनि पाकिस्तानी टोलीमा अधिकांश राष्ट्रिय स्तरका खेलाडीहरु समावेश छन् ।

एशियन क्रिकेट काउन्सिलले एशोसियट्स राष्ट्र नेपालका लागि टेस्ट वरियताको टिमविरुद्ध खेल्ने मौका दिएको हो ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment