a
![]() |
कार्तिक २३, २०७२- अभावका बेला बढी मूल्य लिएर डिजेल, पेट्रोल बिक्री गर्ने सिरहाका दुई पेट्रोल पम्पलाई स्थानीय प्रशासनले आइतबार राति सील गरेको छ । प्रशासनले सिरहाको धनगढी–२ स्थित गुप्ता आयल स्टोर्स र लहान–१ स्थित मुरारका ट्रेडर्सलाई सील गरेको हो । इलाका प्रशासन कार्यालय प्रमुख रन्जित अधिकारी नेतृत्वको सशस्त्र प्रहरी, जनपद प्रहरी सम्मिलित टोलीले ती पेट्रोल पम्प तालाबन्दीसहित सील गरेको हो ।
इन्धन नभएको भन्दै बन्द गरिएको पम्पबाट राति–राति बढी मुल्यमा बिक्री गरेको गुप्ता आयल स्टोर्सबाट १ हजार १ सय लिटर डिजल पनि प्रहरीले जफत गरेको छ । पम्पका प्रबन्धक दिलिप साहलाई पक्राउ गरि कालो बजारी तथा अन्य सामाजिक अपराध नियन्त्रण ऐन २०३२ अनुसार मुद्दा दायर गरिएको छ । पम्प सञ्चालक रामबाबु गुप्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, मुरारका ट्रेडर्सबाट प्रहरीले ६० लिटर पेट्रोलसहित सञ्चालक रामवली महतोलाई पक्राउ गरेको छ ।
a
![]() |


0 comments:
Post a Comment