इन्धन अभावका कारण ७५ प्रतिशतभन्दा बढी उडान कटौती

a


काठमाडौँ – इन्धन अभावका कारण मुलुकका निजी क्षेत्रका वायु सेवा कम्पनीका ७५ प्रतिशतभन्दा बढी उडान कटौती भएको छ ।

नेपाल वायु सेवा निगमले भारतको कोलकाताबाट इन्धन आपूर्ति नगर्दा सञ्चालनमा रहेका निजी सेवा प्रदायकले इन्धन नपाएपछि उडान कटौती गरेका हुन् ।

नेपाल आयल निगम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल डिपोले इन्धन सङ्कट भएका कारण हवाई इन्धन उपलब्ध गराउन नसक्ने बताएपछि उडान कटौती गर्न बाध्य भएको यति एयरलाइन्सका मेनेजर भीमराज राईले बताउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुलुकका विभिन्न स्थानमा हुँदै आएका करिब चार दर्जनभन्दा बढी उडान प्रभावित हुँदा हवाई यात्रु मर्कामा परेका छन् ।

आन्तरिक उडान नहुने भएपछि विमानस्थलको आन्तरिक कक्ष शून्यप्रायः अवस्थामा रहेको थियो । विमानस्थलबाट नेपाल एयरलाइन्स, बुद्ध एयर, यति एयर, तारा एयर, सिम्रिकका एकाध उडानबाहेक अरु उडान भने ठप्प भएका थिए । मेनेजर राईले यति एयरलाइन्सका कुल ४० उडानमध्ये दुई वटा मात्रै उडान भएको बताउनुभयो ।

नेपाल वायु सेवा निगमका प्रवक्ता रामहरि शर्माले सोमबार भारतको कोलकातामा तीन उडान गर्ने र प्रतिउडान ३० टनका दरले इन्धन ल्याउने बताउनुभयो । निगमले आज काठमाडौँ–कोलकाता उडान गरेर करिब ६० टन इन्धन ल्याएको छ ।

निजी हवाई सेवा प्रदायक कम्पनीलाई सहज उडानका लागि दैनिक एक लाख ४० हजार लिटर हवाई इन्धनको आवश्यकता पर्दछ ।

इन्धन अभावका कारण अत्यावश्यकीय सेवाको रुपमा रहेको हवाई यातायात बन्द भएको नेपालको इतिहासमा यो पहिलो पटक हो । निगमका त्रिभुवन विमानस्थल डिपोका प्रमुख प्रदीप यादवले इन्धन सङ्कटका कारण उडान कटौती गर्न आफूहरुले आग्रह गरेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय सेवा प्रदायकले भने आफैँ इन्धन भरेर आउने गरेका कारण समस्या नहुने देखिएको छ । वायु सेवा निगमले पनि जुन स्थानमा उडान गर्छ सोही स्थानबाट इन्धन आयात गर्ने गरेको छ ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment