उपत्यकामै सार्वजनिक यातायातहरु मनपरि भाडा असुल्दै

a


काठमाडौँ – सरकारले उपत्यकामा १९ किमीभन्दा माथि २५ भाडा लिनुपर्ने तालिका सार्वजनिक गरेको दुई महिना बित्दा पनि कार्यान्वयन हुन सकेको छैन ।

यातायात व्यवस्था विभागले भदौ २५ गतेबाट देशभर घटेको भाडादर लागू गरी उपत्यकामा १९ किमी भन्दामाथिको दूरीमा २५ भाडा तोके पनि साँखुमा रु ३९ सम्म उठाइएको यात्रुको दुःखेसो छ । यो भाडादर इन्धन अभाव हुनुभन्दा अघिदेखि नै उठाइँदै आएको हो । उपत्यकामा सबैभन्दा बढी भाडा यस रुटका यातायातले उठाएको यात्रुको गुनासो छ ।

उपत्यकामा सरकारले तोकेभन्दा बढी भाडा लिनेमा साँखु बस व्यवसायी सङ्घका बस अग्रणी रहेको उपभोक्ताको गुनासो छ । साँखुदेखि रत्नपार्कको १८ किमी दूरीमा ३५ भाडा उठाउँदै आएको सङ्घका कार्यालय सचिव पदम श्रेष्ठले बताए ।

साँखु सातदोबाटो २६ किमी दूरीमा सङ्घले नै ३९ भाडा तोके पनि इन्धन अभावका नाममा रु ५० नै भाडा असुल्न थालेको पीडित यात्रु मञ्जिमा श्रेष्ठले गुनासो गरे । “सङ्घले ३९ भाडा तोकेपनि सामान्य अवस्थामा पनि साँखु–सातदोबाटोसम्म ४० लिइन्थ्यो, अहिले त इन्धन अभावका नाममा न्यूनतम रु ५० असुल्न थालिएछ”–उनले भने ।

काठमाडौँको पूर्वी भागमा एक छत्र एकाधिकार कायम गर्दै आएको सङ्घले काठमाडौँको पर्यटकीय स्थल जहरसिंहपौवा, साँखु–नगरकोट, रत्नपार्क–चाँगुबेँसी, रत्नपार्क–गागलफेदी र आलापोटलगायतका स्थानमा अन्य यातायात व्यवसायीलाई छिर्न नदिई आफ्ना गाडीमात्र गुडाउँदै आएको छ । यी रुटमा मनपरी भाडा उठाउन बेला बेलामा सङ्घले ‘चुल्ठे÷मुद्रे ’को प्रयोगसमेत गर्दै आएको अर्का यात्रु मिङ्मार तामाङ बताउँछन् ।

विभागका प्रवक्ता वसन्त अधिकारी यो रुटमा बढी भाडा लिइएको गुनासो पटकपटक आएपछि अनुगमन गर्दा तोकेभन्दा बढी लिएको, चाबहिलबाट बस फर्काएको र इन्धनको अभाव भन्दै समितिले नै तोकेकोभन्दा बढी भाडा लिएको भेटिएको बताउँछन । विभागले तोकेको भन्दा १ मात्र बढी भाडा लिनेलाई पनि पाँच हजार जरिवाना गर्न थालेको छ । सङ्घले भने चक्रपथभन्दा चार÷पाँच किमी माथि २ बढी भाडा लिन पाउने नियमअनुसार नै बढी भाडा उठाएको कार्यालय सचिव श्रेष्ठले बताए । “बढी भाडा लिएकै कारण हाम्रा पनि १० वटा बसले पाँच हजारका दरले जरिवाना तिरेका छन्, यसैले तोकिएभन्दा बढी भाडा नउठाउन निर्देश गरेका छौँ”–उनले भने ।

काठमाडौँको पूर्वी भेगमा सङ्घका १०० वटा सवारी साधनले यात्रुलाई सेवा दिँदै आएका छन् । सङ्घका यातायात सञ्चालन हुने स्थानमा अन्यलाई छिर्न नदिएर गुन्डागर्दी शैलीमा एकाधिकार कायम गरेको भन्दै उपभोक्ताले भाडादर सच्याउन माग गरेका छन् ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment