राजधानीमा बन्ने भो २९ तलाको काठमाडौँ भ्यू टावर

a


कार्तिक २५, २०७२- पुरानो बसपार्कमा २९ तले ‘काठमाडौँ भ्यू टावर’ भवनको मंगलबार उपराष्ट्रपति नन्दबहादुर पुनले शिलान्याश गरेका छन् ।

काठमाडौँ महानगरपालिका र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालिबीच भएको सार्वजनिक-निजी साझेदारी अवधारणा अन्तर्गत उक्त टावर निर्माण हुन लागेको हो । पहिलो चरणमा १२ तलाको भवन तीन वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य लिइएको छ ।

सो अवसरमा उपराष्ट्रपति पुनले मुलकको ईज्जत र प्रतिष्ठासित जोडिएको यो भवन तोकिएको समयमै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे ।

उनले भने, 'उपत्यकामा थोरै क्षेत्रमा बढ्दो जनसङ्ख्याको चापलाई व्यवस्थित गर्ने गरी आवास, व्यापारिक वा अन्य प्रयोजनका लागि भवन निर्माण गर्नु चुनौतिपुर्ण हुँदै गएको छ, यसको विकल्प भनेको बहुउद्देश्यीय भवन निर्माण गर्नु हो ।'

उपत्यकाको सबै क्षेत्रको दृश्यावलोकन गर्न सकिने गरी निर्माण हुन लागेको भवन आन्तरिक र बाह्य पर्यटनको समेत केन्द्र बन्ने उनको भनाइ थियो ।

उनले संविधान जारी भएपछि नयाँ सम्भावनाका अवसरहरु सुरु भइसकेको बताउँदै मुलुकमा विकास, शान्ति र समृद्धि हुन सकेमा मात्रै परिवर्तनको सार्थकता र औचित्य सिद्ध हुने बताए ।

संविधान निर्माणको क्रममा देखिएका समस्यालाई राजनीतिक एवम् कूटनीतिक ढङ्गले समाधान गर्न सरकारले पहल गर्ने उनले आशा व्यक्त गरे ।

स्थानीय विकास तथा सङ्घिय मामिला राज्यमन्त्री कुन्तीकुमारी शाहीले सार्वजनिक निजी साझेदारीको अवधारणा अन्तर्गत बन्न लागको भवन साझेदारीको नमूना बन्ने गरी निर्माण सम्पन्न हुने आशा व्यक्त गरिन् । उनले भवन निर्माणको क्रममा तोकिएका सबै मापदण्ड पुरा गर्न निर्माणकर्तालाई आग्रह गरिन् ।

काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भूकम्पपछि मुलुकमा निर्माण हुन लागेको सबैभन्दा ठूलो परियोजना भएकोले यसको सफलताले अन्य क्षेत्रमा समेत सार्वजनिक निजी क्षेत्रको सहकार्यका लागि बाटो खुल्ने बताए ।

निर्माण कम्पनी जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालिका अध्यक्ष मनोज कुमार भेटवालले दुई वर्ष अघिनै सम्झौता भएपनि विविध कारणले निर्माणकार्य ढिलाई भएको जानकारी दिँदै प्राचिन कलासहितको अन्तरराष्ट्रियस्तरको अत्याधुनिक भवन निर्माण गरिने बताए ।

कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका कार्यवहाक सभापति रामचन्द्र पौडेल र उपप्रधानमन्त्री एवम् मधेसी जनअधिकार फोरम(लोकतान्त्रीक)का अध्यक्ष बिजयकुमार गच्छदारले पठाएका भवन निर्माण समयमै सम्पन्नताको कामना सहितको शुभकामनापत्र पढेर सुनाइएको थियो ।

सात अर्ब रुपैयाँ लगानी, दुई तला पार्किङसहितको सो भवन तीस वर्ष निर्माण कम्पनीले प्रयोग गरी महानगरपालिकालाई सुम्पने सम्झौता छ ।


a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment