पाैडेल भन्छन्- कांग्रेसले सरकार, मधेसी दल र छिमेकीबीच मध्यस्थता गर्छ

a


कार्तिक २५, २०७२- नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले मुलुकको पछिल्लो समस्या समाधानका लागि नेपाली कांग्रेसले मध्यस्थता गर्ने बताएका छन् । ‘सरकार, आन्दोलनरत मधेसी दल र छिमेकी मित्र राष्ट्रहरुबीच मध्यस्तथा गरेर वार्ताको लागि सहजीकरण गर्छ,’ पौडेलले भने ।

उनले प्रमुख ठूला तीन दल मिलेर सरकार बनाउँदा मुलुक ‘सरकार भर्सेज मधेस’को स्थितिमा पुग्ने भएकोले आफूहरु समस्या समाधानको लागि मध्यस्थ गर्न प्रतिपक्षमा बसेको बताए ।

रिपोटर्स क्लबले काठमाडौंमा गरेको कार्यक्रममा पौडेलले कांग्रेसको ओरिजिन नै मधेस भएकोले मधेसको जनताको विश्वास लिएर समाधान गर्ने नीति पार्टीको रहेको बताए । उनले कांग्रेसले वार्ता टोलीमा बसेरभन्दा बाहिरै बसेर जिम्मेवारी लिने पनि स्पष्ट पारे ।

मधेसमा अहिले संविधानका विषयमा भ्रम रहेकाले कांग्रेस संविधान बोकेर मधेस झर्ने पनि उनले बताए । ‘भ्रम चिर्दै मधेस र अरु भूभागबीच बढेको ग्याप कम गर्न हामी लाग्छौं,’ उनले भने । ‘मधेसमा आशंकाको घर बनेको छ । यसलाई मेट्नु पर्छ । हाम्रो अहिलेको ध्येय नै यही छ,’ उनले भने ।

उनले आफूले मधेसी नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, अशोक राई, लक्ष्मणलाल कर्णलगायतकालाई भेटेर कुराकानी गरेको भन्दै बिहीबार कांग्रेसले मधेसी मोर्चाका नेताहरुसाग वार्ता गर्ने जानकारी दिए ।
उनले भारतको अघोषित नाकाबन्दीको कारण मुलुक संकटपूर्ण अवस्थामा पुगेको भन्दै शिर्ष नेताहरु यसमा जिम्मेवार र गंभिर भएर लाग्नु पर्ने बताए ।

अघिल्ला सरकारले गरेका निर्णयहरु यो सरकारले उल्टाउने काम गरेको आरोप पनि उनले लगाए । पौडेलले देश भरका कांग्रेस कार्यकर्ताहरुले पार्टीलाई गतिशिल र जीवन्त बनाउन आफूलाई आगामि महाधिवेशनबाट पार्टी नेतृत्व लिन आग्रह गरिरहेको भन्दै आफूले कार्यकर्ताहरुको सुझावलाई गम्भीरताका साथ लिएर यसलाई पुरा गर्ने सोच बनाइरहेको पनि बताए ।


a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment