निर्देशक डिसी अमेरिकामा घाइते

a


कार्तिक २२, २०७२- निर्देशक दिनेश डिसी अमेरिकामा सडक दुर्घटनामा परी घाइते भएका छन् । स्थानीय समय अनुसार शनिबार बिहान साँढे चार बजे टेक्सासको अस्टिनमा उनी सवार कार विपरित दिशाबाट आईरहेको अर्को कारसँग ठोक्किन पुग्दा दुर्घटना भएको हो ।

निर्देशक समाज अध्यक्ष समेत रहेका डिसी पत्नि रानूको अनुहारमा १२ टाँका लगाउनुका साथै हातको एक औंला भाँचिएको छ भने डिसीको छातीमा चोट लागेको छ । ब्राकेनरिज अस्पतालमा सात घन्टा लामो उपचारपछि दुवैको डिस्चार्ज गरिएको डिसीले जनाए ।

बिवाहको २५ औं वर्षगाँठको अवसर पारी असोज २६ मा पत्निसहित हनिमुन ट्रिपका लागि अमेरिका पुगेका डिसी शनिबार बिहान भने एटलान्टा उड्न अस्टिन एयरपोर्ट जाने क्रममा दुर्घटनामा परेका हुन् । अमेरिका बसाईका क्रममा उनी आफ्नो फिल्म फूलैफूलको मौसम तिमीलाईको प्रचारप्रसारमा समेत भिडेका थिए ।
नेपालमा फागुन २१ देखि प्रदर्शनमा आउने उक्त फिल्मकै प्रदर्शनको लागि उनी अस्टिन जान लागेका थिए ।



a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment