a
![]() |
ललितपुर – मधेश आन्दोलनका क्रममा प्रहरीद्वारा कुटपीट तथा क्यामारा फुटाइएका फोटोपत्रकार विक्रम रौनियारलाई मधेशी युवाहरु सम्मिलित संस्थाहरु मिलेर सहयोग गरेको छ । जनकपुरमा मधेश आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा रौनियारमाथि प्रहरीले दुव्र्यवहार गरेको थियो । रौनियारलाई मधेशी युथ, कोड फर नेपाल र स्टोरी साउथ एसिया नामक संस्था मिलेर क्यामारा तथा आर्थिक सहयोग गरेको हो ।
रौनियारलाई सोमबार एक कार्यक्रमकाबीच संस्थाहरु मिलेर ६ सय डलर बराबरको डिएसएलआर क्यामेरा तथा ८ हजार रुपैयाँ नगद हस्तान्तरण ग¥यो । कार्यक्रममा हिमालय टिभी तथा सौर्य दैनिकका पत्रकार रौनियारले प्रहरीले गरेको ज्यादतीको बारेमा दुःखेको पोखेका थिए । आफ्नो दुःख सुनाउने क्रममा उनीबीचैमा रोएका समेत थिए ।
a
![]() |


0 comments:
Post a Comment