a
![]() |
भूकम्पपीडितका लागि घर निर्माण गर्न अघि सारेको कर्जा योजनाअन्तर्गत ६ महिनामा एकजनाले १७ लाख ४४ हजार रुपैयाँ कर्जा पाएका छन् । राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थालाई शून्य ब्याजदरमा पुनकर्जा दिने र उक्त रकम बैंक तथा वित्तीय सस्ंथाले भूकम्पपीडितलाई घर निर्माणका लागि दुई प्रतिशत ब्याजदरमा ह्ण्मा दिने कार्यविधि सार्वजनिक गरेको थियो ।
नेपाल बंगलादेशमार्फत स्युचाटार निवासी भूकम्पपीडितले घर निर्माणका लागि १७ लाख ४४ हजार रुपैयाँ कर्जा लिएका हुन् । ऋणीको नाम भने सार्वजनिक गर्न नमिल्ने बैंकले जनाएको छ । उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले कर्जा पाउने व्यक्ति बैंकको नियमित ग्राहक भएकाले कार्यविधिअनुसार कर्जा दिन सकिने बताए, आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर लेखेको छ ।
a
![]() |


0 comments:
Post a Comment