a
![]() |
काठमाडौं – नेपाल प्रहरीमा ५ सयभन्दा धेरै रिक्त पदमा प्रहरी मुख्यालयले बढुवाको तयारी गरेको छ । तर, नयाँ संविधानअनुसार बढुवा प्रक्रिया थप झन्झटिलो भएको छ । बढुवा सिफारिसको सूचना प्रकाशित गर्नुभन्दा अघि नै लोकसेवा आयोगको सहमति लिनुपर्ने भएको छ ।
नयाँ संविधानमा प्रहरी तथा सेनाको बढुवा गर्दा लोकसेवा आयोगको परामर्श लिनुपर्ने उल्लेख छ । सोही अनुसार बढुवा प्रक्रियामा लोकसेवा आयोगको भूमिका बढेको छ ।
तर, प्रहरीको सिफारिस लोकसेवा आयोगले रोक्न मिल्ने कि नमिल्ने भन्ने प्रष्ट प्रावधान छैन । यसअघि एआईजी र डिआईजी बढुवा सिफारिस उपर चित्त नबुझे लोकसेवा आयोगका अध्यक्ष नेतृत्वको पुनरावेदन समितिसमक्ष उजुरी गर्न सक्ने मात्र प्रावधान थियो ।
नेपाल प्रहरीमा हालै ५ हजार १६ दरबन्दी रिक्त रहेकाले ठूलो संख्यामा बढुवा हुँदैछ । आजको दृष्टि साप्ताहिकमा खबर छ ।
a
![]() |


0 comments:
Post a Comment