रसुवा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३६ पुग्यो

a


कार्तिक १८, २०७२- हिजो मंगलबार काठमाडौबाट रसुवाको चिलिमेतर्फ आउँदै गरेको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३६ जना पुगेको छ ।

दुर्घटनामा परेर घटनास्थलमा २९ र उपचारको क्रम रसुवा अस्पतालमा १ जना, नुवाकोटको त्रिशुलीमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । एक जना उपचारको क्रममा काठमाडौस्थित शिक्षण अस्पताल महाराजगंगमा मृत्यु भएको रसुवाका सभासद जनार्दन ढकालले जानकारी दिए । दुर्घटनामा परेर २२ पुरुष र १४ महिलाको मृत्यु भएको हो । हिजो बिहान साढे ६ बजे काठमाडौबाट रसुवाका लागि बस गुडेको थियो ।

मृत्यु हुनेमा बस चालक सुदर्शन गुरुङ छन् भने हिजो पहिचान भएका ३ शवमा धुन्चे र धैबुङ गाविस हेर्ने गाविस सचिव रुपन्देहीका ५२ वर्षीय टीकमबहादुर शाही, बारा गढीमाईनगरपालिका- ७ की २९ वर्षीया दिपा चिमौरिया र गोल्जुङ—५ का ३ वर्षीय निमा टासी तामाङको पहिचान भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी उपचारको क्रममा मृत्यु भएका धैबुङ- ९ की ४२ वर्षीया सेती विकको उपचारको क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको सभासद् जनार्दन ढकालले बताए ।

पहिचान भएका शवहरुको रसुवा अस्पतालमा पोष्टमार्टम रिपोर्ट नआएकाले उनीहरुको शव आज बुधबार बुझाइने डिएसपी अवदेश विष्टले बताए ।

बस दुर्घटनामा उद्धारका लागि नारायण दल गणका सेना, नेपाल प्रहरी, सशस्त्र सिमा सुरक्षा बल र स्थानीयवासी खटिएका थिए । बस सडकको छेउपट्टी भसिएर १ सय ५० मिटर तल खसेको स्थानीयले बताए ।

इन्धन संकट र क्षमता भन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । बसमा क्षमता भन्दा बढी यात्रु रहेकाले दुर्घटनाका भएको प्रत्यक्षदर्शीले बताए ।

दुर्घटनामा सख्त घाइते भएकाहरुको काठमाडौंस्थित वीर अस्पताल, शिक्षण अस्पताल, वि एण्ड बी र ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।

मृतकहरुको नामावली
हाकु-८ का ३४ वर्षीय बुद्धिबहादुर तामाङ
चिलिमे-६ का १९ वर्षीय यासाङछिरिङ तामाङ
सरमथली-८ का २८ वषिय सुवासकर्म लामा
भोर्ले-७ का ४० वर्षीया बाटुली तामाङ
हाकु-८ का ४५ वर्षीय रिसाङ तामाङ
भोर्ले-७ का ५५ वर्षीया सोममाया थिङ
भोर्ले-४ का २७ वर्षीया शान्तिमाया थिङ
नुवाकोट चारघरे-५ का २८ वर्षीय रामजी रिमाल
नुवाकोट चारघरे-४ का २९ वर्षीय दुर्गाप्रसाद भट्ट
नुवाकोट गेर्खु-८ का २३ वर्षीय विष्णुप्रसाद घिमिरे
धैबुङ-९ का ४४ वर्षीया चरिमाया लो
धैबुङ-९ कै १९ वर्षीय दिनेश मोक्तान
धैबुङ-९ कै २६ वर्षीया इन्दिरा तामाङ
गोल्जुङ-३ का ३८ वर्षीया मेन्दोसाङमु तामाङ
भोर्ले-४ का २२ वर्षीय लालकाजी तामाङ
गोल्जुङ-३ का २३ वर्षीय छेवाङ घले
चिलिमे-२ का ४० वर्षीय ल्हाक्पा तामाङ
चिलिमे-१ का ३२ वर्षीया ल्हाक्पाछोमे तामाङ
चिलिमे-९ का २९ वर्षीया फुर्पुछोमु तामाङ
सरमथली-५ का ४८ वर्षीय नुर्पुगोम्बो तामाङ
सरमथली-५ का २४ वर्षीय जीतमान गुम्बो तामाङ
भोर्ले-४ की २८ वर्षीया लक्ष्मी थिङ
गत्लाङ-२ का २६ वर्षीय सुदीप लामा
गत्लाङ-६ का २९ वर्षीय प्रवेश लामा

a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment