संकटपूर्ण स्थितिमा कसरी तिहार मनाउने निधो गर्नुभएको छ ?

a


अनिता आचार्य, नायिका

कुनै पनि अवस्थामा रमाइलोमा बाधा पर्दैन । ग्याँस छैन, दाउरामा सेल पकाउने । डिजेल–पेट्रोल छैन, तर भगवान्ले दुईवटा खुट्टा त दिएका छन् नि । तिहारको सपिङ हिंडेरै सक्छु ।

अकेशा विष्ट, टेलिभिजनकर्मी

नाकाबन्दीले गर्दा दसैंमा घर जाँदा–आउँदा पाएको दु:खका कारण तिहारचाहिँ काठमाडौंमै मनाउने निधो गरेको छु ।

दिपक शर्मा, संगीतकार

जस्तो अवस्था छ त्यस्तै गरी मनाउने । पोहोरको तुलनामा इच्छाहरू कटौती गरेर मनाइन्छ ।

नरेश भट्टराई, रेडियोकर्मी

यसपालि तिहार मनाउने खासै जोस छैन । इन्धनको अभाव अनि बन्दको प्रभावले तिहार खासै स्पेसल होला जस्तो लाग्दैन ।

जुना प्रसाईं, गायिका

घर जाउँ भने बाटोमा आन्दोलनकारीको ढुंगा खाइएला भन्ने डर छ, त्यसैले तिहारमा एक दिन दाइहरूसँग तास खेलिन्छ । मण्डला थिएटर परिवारसँग पोहोर देउसी खेलिएको थियो, यो पटक त खै के ? खै के ?

वाल्मिकी पोखरेल, रंगकर्मी

दिदीको हातबाट टीका लगाइन्छ । देउसी–भैलो कार्यक्रममा नाकाबन्दी भए पनि भाइटीकाको दिन यमराजको बाउ गमराजले नाकाबन्दी गरे पनि तोडिन्छ, त्यो दिन नेपाल संवत्को र्‍यालीमा गुटुटु मोटरसाइकल हाँकिन्छ– न्हुँदया भिन्तुना ।

रवि डंगोल, बेइमान

हामी नेपाली अब परनिर्भर नभै आत्मनिर्भर हुनैपर्छ भन्ने दृढ अठोटका साथ अभाव र संकटमा पनि झुकेका छैनौं भन्दै झिलिमिली बत्ती बालेर तिहार मनाउने विचार गरेको छु ।

शंकर आचार्य, निर्देशक भद्रगोल

समयसँगै समयले जिउने तरिका सिकाउँदै जान्छ । त्यसैले मैले तिहार यसरी नै मनाउँछु भनेर अहिले नै सोचिसकेको छैन । त्यतिबेलाको परिवेश जस्तो हुन्छ, त्यसैलाई आत्मसात् गर्दै सभ्य र सरल किसिमले मनाउँछु ।

अर्जुन पोखरेल, संगीतकार

नेपालीहरू ‘फेस्टिभ मुड’मा गएपछि कसैले छेकेर रोकिँदैन । म पनि त्यस्तै नेपालीहरूमध्येको एउटा नेपाली भएकाले तास खेल्दै, मिठो खाँदै तिहारमा मस्तसँग मज्जा लिने विचारमा छु ।

सुशान्तसिंह ठकुरी, मोडल

जसो पर्छ, उसै टर्छ । म नेपालीको छोरा हुँ, समस्यासँग डराउँदिन । चाडबाड त मनाउनैपर्छ र जसरी पनि मनाइन्छ ।

कमल श्रेष्ठ, फोटोग्राफर

कष्टकर परिस्थितिमा पनि सबै दु:ख भुलेर दसैं मनायौं, अब तिहार पनि रमाइलो गरी मनाइन्छ ।

देविका बन्दना, गायिका

संकटका बाबजुद आफ्नो संस्कृति र चाडबाड मनाउन छाडिँदैन । त्यसैले लक्ष्मीमातासँग सबैको भलो होस् भन्ने कामना गर्दै तिहार मनाउने निधो गरेको छु ।

दिवाकर भट्टराई, निर्देशक

देउसी खेल्न कसैले रोक्दैन । ‘ए भन मेरा भाइ हो’ भन्ने हो, भैलो भन्ने ठाउँमा झुक्किएर ‘भारत तेल दो’ भन्न बेर छैन । भाइटीका लाउन पेट्रोल चाहिँदैन । सेल पकाउन तेल छँदैछ, बाइकको तेलजस्तो होइन ।

दीपकराज गिरी, हास्यकलाकार

फेसबुकमा दाजुभाइहरूको फोटो राख्दै ‘ह्याप्पी ब्रदर्श डे’ लेखेर मनाउने नि ।

मनीषा पोखरेल, गायिका

सरकारले विकल्प खोजेन भने जनताको घरमा दीप प्रज्वलनको कुरा त छाडौं, चुलो पनि बल्दैन ।

आकाश अधिकारी, निर्देशक

संकट पर्‍यो भन्दैमा आफ्नो परम्परा नै छाड्ने कुरा हुँदैन । सधैंझैं आफ्नो गृह जिल्ला चितवन गएर दाजुभाइहरूसँग रमाइलो गरी मनाउँछु ।

बेनिशा हमाल, नायिका

स्थिति चुनौतीपूर्ण छ । तैपनि खाने मुखलाई जुँगाले छेक्दैन भनेझैं जसोतसो परिवार एवं साथीभाइहरूका साथ तिहार मनाउने सोचमा छु । झिलिमिली दियोको उज्यालोले हाम्रो अनुहारमा छाएको निराशा केही समयका लागि भए पनि हटाउनेछ । भाइटीका धूमधामसँग मनाइन्छ । विद्युत् आपूर्ति भएसम्म खानेकुरा पकाउन पनि नो प्रोब्लम ।

कला सुब्बा, रेडियोकर्मी

आशा गरेकी छु, संकट चाँडै टर्छ । वर्ष दिनमा आउने तिहार हाँसीखुसी मनाउने निधो गरेकी छु ।

झरना थापा, नायिका

तेल छैन, बजारमा रक्सी टन्नै छ । मज्जाले पिउने अनि फोन स्विच अफ गरेर भुसुक्क निदाउने र आनन्दले सुतेर तिहार मनाउने ।

प्रल्हाद तिमिल्सिना, गायक

नो पेट्रोल, नो ग्याँस । धेरै नै गाह्रो परिस्थिति छ । त्यसैले यो वर्ष सामान्य तरिकाबाट परिवारसँग बसेर तिहार मनाइन्छ ।

शशि खड्का, नायिका

परिवारसँग घरमै बसेर थोरै तर मिठो खाँदै र धेरै रमाइलो गर्दै मनाउने विचार छ ।

नम्रता सापकोटा, नायिका
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment